बुधवार, कार्तिक ६, २०८२
Sancharmanch

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड झापाको पन्धौँ बार्षिक साधारण सभा सम्पन्न

शुक्रवार, कार्तिक १, २०८२
बिर्तामोड ९ असोज / साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड झापाको पन्धौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सहकारी ऐन विभिन्न काल खण्डमा निर्माण गर्दै परिस्कृत सेवा प्रभाहमा सहजता थप्दै जोखिम न्युनिकरण गर्न विभिन्न अङ्गहरु निर्माण भएको विर्तामोड नगरपालिका पुर्व शहकारी शाखा प्रमुख डिल्लि दाहालले बताउनुभयो । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आर्थिक वर्ष २०८१/०८२ मा ६४ लाख ५२ हजार चारसय ९३ रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको १५ औं बार्षिक साधारणसभा अध्यक्ष देविका निरौला बस्नेतले साधारणसभामा प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार आव ८१/८२ मा अघिल्लो वर्षको तुलनामा १२.३४ प्रतिशतले कारोबारमा बृद्धि गर्दै ४२ करोड ३५ लाख ७२ हजार चारसय ५१ रुपैयाँ पुर्याएको संस्थाले खुद नाफा ६४ लाख ५२ हजार चारसय ९३ रुपैयाँ आर्जन गरेको हो । साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ठ कारोबार गर्ने, उत्कृष्ठ कर्मचारी लगायत विभिन्न क्षेत्रका उत्कृष्ठलाई सम्मान गरेको छ । यो वर्ष उत्कृष्ठ कर्मचारीतर्फ पुष्पाकुमारी राजवंशी र उज्ज्वल राई, उत्कृष्ठ कर्जा कारोबार गर्ने शान्ति राई, अस्मिता श्रेष्ठ, भवानी बाहेरा र ताराकुमार बस्नेत रहेका छन् । त्यसैगरी उत्कृष्ठ बचतकर्ताहरु कामेश्वर चौधरी, सिता उप्रेती, टंकबहादुर श्रेष्ठ र सम्झना धमलालाई सम्मान गरिएको हो । उत्कृष्ठ हुने आठैजनालाई नगद चारहजार एकसयसहित सम्मानपत्रद्वारा सम्मान संस्थाकी अध्यक्ष बस्नेतले सम्मान गर्नुभयो । त्यसैगरी बालबचततर्फ सविता प्रधान, सत्यम बास्तोला र कौशल अधिकारीलाई नगद तीनहजार एकसय, स्टेसनरीका सामग्रीसहित सम्मान पत्र प्रदान गरिएको कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्येबाट २०८१ सालमा एसईई उत्कृष्ठ आकृति खड्का र जनत बास्तोला नगदसहित सम्मान गरिएको संस्थाका सचिव चन्द्रकुमार भट्टराईले जानकारी दिनुभयो । संस्थाकी अध्यक्ष देविका निरौला बस्नेतको अध्यक्षतामा बिर्तामोडस्थित अतिथिसदनमा आयोजित साधारणसभामा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष बस्नेतले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष देविप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा तीनदशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रको उन्नयन र विकासमा काम गरेका डिल्ली दाहालले सहकारी ऐन २०८१ र त्यसैको जगमा बनेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणबारे सहभागीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराई र सहसचिव प्रेमप्रसाद अधिकारीले गर्नुभएको थियो । संस्थाकी अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको बन्द शत्रले शेयर लाभांस वितरण, बाह्रय ऋण लिने नलिने लगायतका विषयमा निर्णय गर्दै संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गरेको बताइएको छ । सहकारी ऐन २०८१ र त्यसैको जगमा बनेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तयार पारेको मापदण्ड अनुसार सहकारीको विभिन्न २८ वटा विषयमा साधारणसभाले निर्णय गर्न सक्ने प्रावधान रहेको बताइएको छ ।
सम्बन्धित खबर