झापा, असोज ३१/ उर्जाशील रामधुनी आमा समूहले आफ्नो नियमित मासिक सामाजिक सेवा कार्यक्रम अन्तर्गत असोज महिनाका लागि झापा जिल्लाको विर्तामोड–६ बुट्टावारीका सागर परियारलाई सहयोग गरेको छ ।

संस्थाले लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय रही प्रत्येक महिनाको एक विशेष दिन कुनै न कुनै सामाजिक सेवामूलक कार्य गर्दै आइरहेको छ ।

यही क्रममा असोज महिनाको मासिक कार्यक्रम विर्तामोड–६ का परियारलाई लक्षित गरी सम्पन्न गरिएको हो । उहाँ केहि समय अगाडि देखी मृगौला सम्बन्धिको रोग बाट पिडित हुनुहुन्छ ।

उहाँले आर्थिक श्रोत नहुँदा रकमको अभावकारण उपचार गनराउन सकिरहनुभएको छैन भन्ने खबर पाउनासाथ उर्जाशील रामधुनी आमा समूह उहाँको घरमै पुगेर सहयोग हस्तान्तरण गरेको हो ।

सागर परियारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी मिनराज पौडेलले सहयोग हस्तान्तरण गर्दै संस्थाले राखेको नियमित कार्यक्रम प्रति खुसी ब्यक्त गर्नुभयो ।

असोज महिनाको मासिक कार्यक्रम इश्वरी बुढाथोकी पौडेलको जन्मदिनको अवसर पारेर आयोजना गरिएको हो । संस्थाकी कोषाध्यक्ष बुढाथोकीले आफ्नो जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै सहयोग कार्यक्रममा आर्थिक सहयोग गर्नुभएको हो, साथै सोहि अनवसरमा संस्थाका अन्य सदस्यहरुले समेत स्वइच्छाले रकम सहयोग गर्नु भएको थियो ।

जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा केही असल काममा लगानी गर्दा आत्मसन्तुष्टि मिल्नेहुँदा आफ्नो खुशीलाई अरूको खुसीमा परिणत गर्न प्रयास भएको छ । संस्थाले यसरीने समानसेवामा निरन्तर काम गरेको भन्दै विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोललाले खुसी ब्यक्त गर्नुभयो ।

संस्थाले मासिक रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नका लागि वार्षिक कार्ययोजना बनाएको छ । “प्रत्येक महिनामा संस्थाका कुनै एक सदस्यको विशेष योगदानमा आधारित रहेर कार्यक्रम अघि बढाइन्छ । यसले सदस्यहरूलाई पनि सामाजिक कार्यप्रति जिम्मेवार बनाएको छ ।

उर्जाशील रामधुनी आमा समूहले स–साना सहयोगमार्फत ठूला सामाजिक प्रभाव ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ । साना प्रयासहरूले नै समाज परिवर्तनको आधार बन्छ भन्ने मुल मन्त्र दिएर संस्थाले आफ्ना कदमहरु चालेको छ । आमा समूहले जुन जिम्मेवारीपूर्वक सामाजिक कार्य गरिरहेको छ, त्यो उदाहरणीय छ । सस्थाका परोपकारी कार्यका लागि सम्पूर्णको साथ सहयोगको आवश्यकता परेको समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो ।

उर्जाशील रामधुनी आमा समूहले शिक्षा, स्वास्थ्य, सरसफाई, महिला सशक्तिकरण, वृद्ध तथा अपाङ्ग सहयोग लगायतका क्षेत्रमा काम गर्दै दर्जनौं परिवारलाई सहयोग गरिसकेको छ । स्थानीयस्तरमा गरिएको यस्ता कार्यहरूले समुदायमा सामाजिक सद्भाव, सहकार्य र पारस्परिक सहयोगको भावना बढाएको पाइएको छ । संस्थाले आगामी महिनाहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् 
https://youtu.be/iLrOeBv3VE4