बुधवार, कार्तिक ६, २०८२
Sancharmanch

दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको २१ औ बार्षिक साधारण सभा सम्पन्न

आइतवार, असोज २६, २०८२
झापा, कचनकवल/दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको कचनकवल गाउपालिका वडा नम्बर २ र ३ कार्य क्षेत्र भएको सामुदायिक बनका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा कचनकवल गाउपालिका उपाध्यक्ष नवराज भट्टराइको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कचनकवल गाउपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति नवराज भट्टराइले सामुदायिक वनले धेरै सामुदायिक गतिविधि गरेको बताउदै सामुदायिक वनलाइ स्वतन्त्र बनाउदै आम नागरिकलाइ ससक्त बनाउन, बिकासका आधार स्तम्भ तयार गर्न दुर्गाभिट्टा सामुदायिक वन अग्रसर रहेको बताउनु भयो । सबैले आफुलाइ करेक्सन गरेर अगाडि बढ्नु पर्ने अवस्था आइ लागेको बताउदै समाजलाइ एकताको बलमा मुलुकलाइ संमृद्ध बनाउन जुट्नुपर्ने बताउनुभयो । दुर्गाभिट्टा सामुदायिक वन न्यायिक तथा अनुगमन उप समिति सदस्य दुर्गा थापा ले सामुदायिक बनका नागरीकहरुले समितिलाइ सकारात्मक सल्लाह सुझाव दिन अनुरोध गर्नुभयो । समितिले कुनै निर्णय एकलौटिरुपमा नगरेको भन्दै काठ बितरण लगायतका गतिविधिमा पारदर्शिता कायम गरेको बताउनुभयो । स्थानिय सामुदायिक बन महासंघ कचनकवलका अध्यक्ष चेतराज भट्टराइले सामुदायिक वनले २१ औ साधारण सभा सम्म आइपुग्दा सम्म समितिको नेतृत्व कुशल हुदा लामो कार्यकाल सम्म सफल भएको बताउनुभयो । साथै भट्टराईले झापा जिल्लकै उदाहरणिय सामुदायिक बन रहेको हुदा यस्लाइ हेरेर अन्य वनले समेत अनुसरण गर्नुपर्ने बताउनुभयो । सबडिविजन बन कार्यालय जलथल रङ्गिया डाडाका कार्यालय प्रमुख कुल प्रसाद भट्टराइले उपभोक्तालाइ मालिकको सङ्घ्या दिदै सामुदायिक वन सबैको घर मात्र हैन आयुर्बेद औषधालय समेत भएको भए पनि उपभोक्ताको उपेक्षाका कारण सङ्कटमा पर्ने जोखिम बढ्दै गएको औल्याउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेद प्रकास भण्डारीले महासङ्घ सामुदायिक बनको अभिभावक भएको बताउदै सामुदायिक बन जैबिविधताको खानि, जडिबुटिको खानि भएको बताउउनुभयो । साथै सोहि अवसरमा अध्यक्ष भण्डारीले जलथल बनमा माइकेनियाको आक्रमण भएको बताउदै सो को नियन्त्रणकोलागि दुर्गाभिट्टा सामुदायिक वनले माइकेनियाको ब्यवस्थापन गर्दै आन्तरिक उत्पादनमा लागेको बताउँदै नकारात्मक भ्रम सिर्जना गर्दै गलत प्रचार नगर्न सम्पुणमा आग्रह गर्नुभयो । संस्थाकी सचिव तिला भट्टराईले स्वागत गर्नुभएको सभा समक्ष समूहको सांगठानिक प्रतिवेदन समूहका अध्यक्ष धनराज गुरुङले प्रस्तुत गर्नु भएको थियो । आगामि आ ब २०८२/०८३ को बार्षिक निती तथा कार्यक्रम दुर्गाभिट्टा सामुदायिक वन समूहका सह सचिव सम्भु राजबन्शि प्रस्तुतगर्नु भएको थियो । २१ औँ साधारण सभाबाट उपभोक्ता समूहमा ४ जना उपभोक्ता सदस्यहरु थप गरिएको छ जसमा । मदन चापागाइ कचनकवल २; ऋषिनारायण भट्टराइ कचनकवल २, जितबहादुर राजबन्शि कचनकवल २; मिलन अधिकारी कचनकवल ३ रहनुभएको छ। कार्यक्रममा विभिन्न सँँस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइको थियो । कार्यक्रममा स्वतन्त्र लेखा पक्षिण प्रतिवेदन लेखा समिति सम्योजक रोहित श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो, भने समितिका सदस्य श्रीकृष्ण सिवाकोटिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर