शुक्रवार, भदौ २०, २०८२
Sancharmanch

उर्जाशील रामधुनी आमा समूहको मासिक कार्यक्रम अन्तर्गत बिपन्न परिवारलाई सहयोग

शुक्रवार, भदौ २०, २०८२
झापा / उर्जाशील रामधुनी आमा समूहले आफ्नो नियमित मासिक सामाजिक सेवा कार्यक्रम अन्तर्गत यसपटक झापा जिल्लाको विर्तामोड–५ स्थित एक बिपन्न परिवारलाई सहयोग पुर्याएको छ । संस्थाले लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय रही प्रत्येक महिनाको एक विशेष दिन कुनै न कुनै सामाजिक सेवामूलक कार्य गर्दै आइरहेको छ । यही क्रममा भदौ महिनाको मासिक कार्यक्रम विर्तामोड–५ की धौली राजवंशीलाई लक्षित गरी सम्पन्न गरिएको हो । उहाँ केहि समय अगाडि देखी पाठेघर सम्बन्धिको रोग बाट पिडित हुनुहुन्छ । उहाँले आफ्नो क्षमता अनुसार रकमको अभावकारण उपचार गनराउन सकिरहनुभएको छैन भन्ने खबर पाउनासाथ उर्जाशील रामधुनी आमा समूह उहाँको घरमै पुगेर सहयोग हस्तान्तरण गरेको हो । धौली राजवंशीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । कार्यक्रमको प्रमुख अतिथि तथा समाजसेवी सिता राईले सहयोग हस्तान्तरण गर्दै संस्थाको कार्यप्रति प्रसंशा गर्दै भन्नुभयो उहाँले “राज्यले गर्नुपर्ने काममा संस्थाले आफैंबाट लगानी गरेर सामाजिक उत्तरदायित्व वहन गरिरहेको छ, जुन अत्यन्त प्रेरणादायक कार्य हो ।” सिता राई हाल उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा रहेर समाजसेवामा सक्रिय रहनुभएको छ । भदौ महिनाको मासिक कार्यक्रम समृद्धि लुइटेल थापाको जन्मदिनको अवसर पारेर आयोजना गरिएको हो। संस्थाकी कार्यसमिति सदस्य समेत रहेकी समृद्धिले आफ्नो जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै सहयोग कार्यक्रममा आर्थिक सहयोग गर्नुभएको हो । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा केही असल काममा लगानी गर्दा आत्मसन्तुष्टि मिल्नेहुँदा आफ्नो खुशीलाई अरूको खुसीमा परिणत गर्न प्रयास गरेको सदस्य समृद्धि लाईटेल थापाले बताउनुभयो । संस्थाले मासिक रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नका लागि वार्षिक कार्ययोजना बनाएको छ । “प्रत्येक महिनामा संस्थाका कुनै एक सदस्यको विशेष योगदानमा आधारित रहेर कार्यक्रम अघि बढाइन्छ । यसले सदस्यहरूलाई पनि सामाजिक कार्यप्रति जिम्मेवार बनाउने अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहले स–साना सहयोगमार्फत ठूला सामाजिक प्रभाव ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ । साना प्रयासहरूले नै समाज परिवर्तनको आधार बन्छ भन्ने मुल मन्त्र दिएर संस्थाले आफ्ना कदमहरु चालेको छ । आमा समूहले जुन जिम्मेवारीपूर्वक सामाजिक कार्य गरिरहेको छ, त्यो उदाहरणीय छ । सबैले यस्ता संस्थाको हात थाम्न आवश्यक रहेको भन्दै विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वाँस्तोलाले पनि उर्जाशील रामधुनी आमा समूहको प्रशंसा गर्नुभयो । उर्जाशील रामधुनी आमा समूहले विगत केहि महिना अगाडि देखी मासिक कार्यक्रम अन्तर्गत समाजमा सहयोग पुग्ने विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । समूहले गरेको कार्य अत्यन्तै स्वागत योग्य रहेको सामासेवी रुकमान लाओतीले बताउनुभयो । शिक्षा, स्वास्थ्य, सरसफाई, महिला सशक्तिकरण, वृद्ध तथा अपाङ्ग सहयोग लगायतका क्षेत्रमा काम गर्दै आएको यस समूहले दर्जनौं परिवारलाई सहयोग गरिसकेको छ । स्थानीयस्तरमा गरिएको यस्ता कार्यहरूले समुदायमा सामाजिक सद्भाव, सहकार्य र पारस्परिक सहयोगको भावना बढाएको पाइएको छ । संस्थाले आगामी महिनाहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकाललको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी सिता राई प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भन,े कार्यक्रम संस्थाकी सचिव निरा न्यौपाने कट्टेलले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर