झापा/
झापाको दोमुखा धार्मिक तथा पर्यटन विकास व्यवस्थापन संंस्थाको १५औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्ष पदमा लोकतान्त्रिक प्यानलका मोहन बहादुर कार्कीसहित अधिकांश पदाधिकारी विजयी हुनु भएको छ ।

संसदीय चुनावको झल्को दिने गरि शनिबार सम्पन्न भएको सो निर्वाचनको पदाधिकारी तर्फको मतगणना सकिएको जनाइएको छ ।
कार्की नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका सचिव बाहेक सबै पदाधिकारी विजयी भएका छन् । सदस्यहरु तर्फको मतगणना भने सकिएको छैन । कूल १ हजार ९३ मत खसेको सो निर्वाचनमा अध्यक्ष पदमा मोहन बहादुर कार्की ४ सय ८७ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिद्धन्दी मानबहादुर मगरले ४ सय २६ मत ल्याउनु भयो । अध्यक्षका अर्का प्रत्यासी किरण ओलीले १ सय ४६ पाउनु भएको छ । प्रथम उपाध्यक्षमा प्रेम जबेगु ६ सय ६८ मत ल्याएर विजयी हुँदा ठाकुर ढकालले ३ सय ५९ मत मात्र पाउनु भएको छ भने उपाध्यक्षमा इन्द्र न्यौपाने ५ सय २१ मत सहित विजयी हुनुभएको छ । न्यौपानेका प्रतिस्पर्धी कृष्ण बस्नेतले ४ सय ६२ मत ल्याउनु भयो ।
सचिव पदमा तेजप्रसाद भट्टराई ५सय १९ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी धन कुमार ढकाल ५०३ मतमा सिमित हुनु परेको छ । सह–सचिवमा अग्नी राई ५ सय ७२ मत ल्याएर विजयी हुनुभयो भने देवेन्द्र चेम्जुङले ४ सय २८ मत ल्याउनु भयो । कोषाध्यक्षमा चुनमाया दाहाल ५ सय ३२ मत ल्याएर विजयी हुनुभयो भने रेनुका फुयाँलले ४ सय ८१ मत पाउनु भयो ।