बुधवार, भदौ १८, २०८२
Sancharmanch

बिर्तामोड संजीवनी पहिलो वर्ष नै नाफामा

शुक्रवार, भदौ १३, २०८२
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्ष नै नाफामा गएको छ । कम्पनिले स्थापना भएको पहिलो वर्ष नै १७ लाख ५ हजार ६५७ रुपैया खुद नाफा कमाएको हो । कम्पनीले शुक्रबार बिर्तामोडमा प्रथम साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै कारोबारको जानकारी गराएको छ । बिर्तामोड संजीवनीले २०८१ असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार गर्ने इजाजत लिएको थियो । कारोबारको करिब ७ महिनाको अवधिमा सो नाफा कमाउन सफल भएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले बताउनुभयो । ११४ जना शेयर सदस्यहरुबाट ५ करोड २८ लाख चुक्ता पूँजी सङ्कलन गरी शुरू भएको कम्पनीमा हाल १७८ जना सदस्य पुगेको बताइएको छ । कम्पनीमा हाल आम नागरिकहरुले सदस्य बन्नका लागि चासो दिइरहेको बताइएको छ । चालू आर्थिक वर्षमा कम्पनीको चुक्ता पूँजी ७ करोड ५० लाख पुर्याउने उद्धेश्य रहेको छ । कम्पनीको अधिकृत पूँजी २० करोड रहेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । कम्पनीले बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य मुनाफामूलक क्षेत्रमा लगानी गर्ने । त्यसैगरी जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्स, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरु, चल अचल सम्पत्तिको व्यवस्थापन गर्न सो सँग सम्बन्धित अध्ययन अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार सञ्चालन, आयात, निर्यात, शिक्षा, स्वास्थ्य, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवद्र्धन लगायतका क्षेत्रमा लगानी गरि व्यवस्थापन जिम्मामा लिई कार्य गर्ने, विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने । (जसमा आधुनिक कृषि संग सम्बन्धित क्षेत्र डेरी उद्योग, जडीबुट्टी उद्योग, कृर्षि फर्म, कृषि औजार, मल कारखाना, विउ विजन उत्पादक कम्पनी÷फर्म, नेपाली कागज उद्योग, चिया खेती तथा चिया काराखाना, कृषकहरुले उत्पादन गरेको बस्तुको समय अनुकुल सही बजार मुल्य कायम गराउन कोल्ड स्टोरेज संचालन, विभिन्न संघ, संस्था, कम्पनी तथा अन्य संगठीत संस्थाहरुले माग गर्ने बोलपत्रमा सहभागी भई ठेक्का पट्टाको कार्य गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य दिनेश कुमार सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर