शनिवार, भदौ ७, २०८२
Sancharmanch

पाँचथर सुभाङ–झापा एकता समाजद्वारा तिज मिलन कार्यक्रम सम्पन्न

शनिवार, भदौ ७, २०८२
झापा, विर्तामोड / पाँचथर सुभाङमा जन्मिएर झापा जिल्लालाई कर्मभूमि बनाएका चेलिबेटीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक एकता प्रवद्र्धन गर्ने उद्देश्यले पाँचथर सुभाङ झापा एकता समाजद्वारा तिज मिलन कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार अर्थात भदौ ६ गते झापाको विर्तामोड नगरपालिका–२ स्थित हिमाल सागर पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम समाजका अध्यक्ष ओमभक्त सेडाईको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष सेडाईका अनुसार कार्यक्रममा पाँचथर सुभाङबाट झापामा बसोबास गर्दै आएका विभिन्न उमेर समूहका महिलाहरूको उल्लेखनीय उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएकोे थियो । समाजले आगामि दिनमा अझ्झ ससक्तरुपमा आफ्ना गतिविधिहरु अगाडि वढाउनका लागि सम्बन्धित निकायमा संस्था दर्ता गरेर अगाडि वढ्नुपर्ने हिमाल सागर रिसोर्ट एण्ड पार्टि प्यालेसका सञ्चालक देवि संग्रौलाले सुझाव दिनुभयो । तिज पर्वको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा करिब ५०० जना चेलिबेटीहरूको सहभागिता रहेको थियो । कार्यक्रमले आपसी भेटघाट, चिनजान तथा एक–आपसमा सामाजिक एकताको सन्देश प्रवाह गरेको थियो । कार्यक्रमकी प्रमुख अतिथि सारदा संग्रौला विमलीले तिजको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै चेलीहरूबीचको एकता र सम्बन्ध अझ सुदृढ बनाउने यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो । उहाँले समाजको प्रयासलाई प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापक सहभागितासहित कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । समाजका सदस्यहरूको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रमका लागि आवश्यक खर्च समाजका सदस्यहरूबाट संकलित सहयोगबाट जुटाइएको थियो । यस किसिमको स्वस्फूर्त सहयोगले समाजप्रति सदस्यहरूमा देखिएको आत्मीयता र जिम्मेवारी झल्काएको कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको सुभाङकै चेली याममायाँ अधिकारीले बताउनुभयो । कार्यक्रममा सांगीतिक प्रस्तुति, परम्परागत तिज गीत र नृत्यको समेत आयोजना गरिएको थियो । सहभागी महिलाहरूले नेपाली सांस्कृतिक पहिरनमा सजिएर तिज गीतमा रमाइलो गरेका थिए । यस्तो मेलमिलापले परदेशमा पनि घर–गाउँको झल्को दिलाएको सहभागीहरूले बताएका छन् । तारा सेडाई संग्रौलाले कार्यक्रम जिवनको पहिलो अनुभव भए पनि अत्यन्तै उत्कृष्ठ रहेको बताउनुभयो । पाँचथर सुभाङ झापा एकता समाजले विगत केही वर्षदेखि सामाजिक, सांस्कृतिक र एकता प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरू आयोजना गर्दै आएको छ । झापामा फैलिएको सुभाङका चेलीहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गर्दै आएको समाजले आगामी दिनमा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरणलगायत विविध क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ ।  
सम्बन्धित खबर