शुक्रवार, कार्तिक ८, २०८२
Sancharmanch

सुगम शान्ति महिला विकास संस्थाको वार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न

शुक्रवार, भदौ ६, २०८२
विर्तामोड, झापा / सुगम शान्ति महिला विकास संस्थाले आफ्नो वार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विहीबार विर्तामोड सिटिसेन्टरस्थित साई प्यालेसको सभाहलमा आयोजित कार्यक्रम सामाजिक सहभागिता, महिला सशक्तिकरण तथा सांस्कृतिक उत्सवको उत्साहपूर्ण समायोजनको रुपमा आयोजना भएको थियो । कार्यक्रममा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा प्रसाई प्रमुख अतिथिको रूपमा रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सुगम शान्ति महिला विकास संस्थाले आफ्नो क्षेत्रका दिदिबहीनीहरुलाई समेट्दै विभिन्न क्षेत्रमा आफ्नो सहभागिता बढाएको भन्दै प्रसंसा गर्नु गर्नुभयो । सामाजिक सेवा र महिला सशक्तिकरणका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको संस्थाले कार्यक्रममार्फत विगत वर्षभरका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना सार्वजनिक गरेको थियो । महिला दिदिबहीनीहरु विभिन्न क्षेत्रमा सबल बन्न सकेमा मात्र समुन्नत समाजको परिकल्पना गर्न सकिने विर्तामोड नगरपालिका वडा नं. ६ का सदस्य गिता रेग्मीले बताउनुभयो । संस्थाले विभिन्न समयमा बिपन्न र विपद् प्रभावित समुदायको सहयोग, महिलालाई सीपमूलक तालिम, आत्मनिर्भरता प्रवद्र्धन, तथा स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । भौतिक पूर्वाधार निर्माण मात्र विकास नहुने बताउँदै कार्यक्रमका अतिथि तथा नेकपा एमाले नगर कमिटि अध्यक्ष सुभाष भट्टराईले सामाजिक विकासका गतिविधिमा पनि राज्यले चासो दिनुपर्ने बताउनुभयो । कार्यक्रमको औपचारिक सुरुवात संस्थाकी उपाध्यक्ष राधिका डाँगीको स्वागत मन्तव्यबाट गरिएको थियो । उहाँले संस्थाले स्थापना कालदेखि नै समाज परिवर्तनमा योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र समावेशी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको विशेष आकर्षणका रूपमा संस्थाका सदस्यहरूले प्रस्तुत गरेका ‘संगिनी नृत्य’ र विविध सांगीतिक प्रस्तुतीले कार्यक्रममा रमाइलोपन थपेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ सञ्चारकर्मी तथा उद्यमी लिला अनमोलले यो संस्थालाई चलायमान बनाउन सबैको सकारात्मक साथ सहयोग रहेको बताउनुभयो । तीज पर्वको अवसर पारेर आयोजना गरिएको यो सांस्कृतिक भेटघाटले सदस्यबीच आपसी आत्मीयता, सहकार्य र उत्साहको वातावरण सिर्जना गरेको देखिन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड उद्योग बाणिज्य संघ महिला उद्यमी संघकी अध्यक्ष राधिका चुडाल हुमागाईले तिज कार्यक्रम हिन्दु महिलाहरुसँग गाँसिएर आएको बताउँदै यस पर्वले श्रीमान श्रीमति विचको सम्बन्ध प्रगाढ बन्नुपर्ने धारणा राख्नुभयो । सदस्यहरूको योगदान र सहभागिता कदर गर्दै संस्थाले नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण समेत गरेको थियो । संस्थाको सदस्य संख्या वर्षेनी बढ्दो क्रममा रहेको र महिलाहरूमा सामाजिक कार्यप्रतिको रुचि र जागरण बढ्दै गएको संस्थाले जनाएको छ । संस्थाले महिला सशक्तिकरण, सीप विकास, आत्मनिर्भरता र सामाजिक न्यायको पक्षमा खेलेको भूमिका प्रशंसनिय रहेको छ । नेपाल उद्यमशिल महिला संघ झापाका उपाध्यक्ष यसोदा प्रसाई भट्टराईले संस्कार अनि संस्कृति नेपालको पहिचानलाई झल्काउने बताउनुभयो । संस्थाकी अध्यक्ष विमला प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिदेखि सदस्यसम्मले तीज पर्वको सांस्कृतिक महत्व र सामाजिक समरसताको पक्षमा विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाकी महासचिव चन्द्रकला रिजाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । उहाँले समापनमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको भावी योजना र उद्देश्यबारे जानकारी दिनुभएको थियो । संस्थाले सामाजिक विकासका लागि महत्वपूर्ण भुमिका निर्भाह गरेको सुगम शान्ति टोल विकास समितिका सचिव गोपाल लकान्द्रीले बताउनुभयो । सुगम शान्ति महिला विकास संस्थाले आगामी दिनमा पनि समाजिक न्याय, महिला अधिकार, आत्मनिर्भरता र सीप विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ । महिला सहभागिता र नेतृत्वमा आधारित यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास संस्थाका पदाधिकारीहरूले व्यक्त गरेका छन् ।  
सम्बन्धित खबर