विर्तामोड, झापा / एन के नेपाल ट्रेड एण्ड सप्लायर्स कम्पनीले आफ्नो एन के ब्राण्डको शुद्ध पानी फिल्टर प्रवद्र्धन गर्न सञ्चालन गरेको ‘शुद्ध पानिको बहार, उपहारै उपहार’ दोश्रो सिजनको पहिलो स्किम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम झापाको विर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिएको थियो, जहाँ ४५ जना ग्राहकहरूलाई उपहार प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

दुई चरणमा सम्पन्न यो ग्राहकमुखी योजनाअन्तर्गत कम्पनीले दुई वटा बुलेट बाइकसहित आकर्षक उपहारहरू वितरण गरेको हो । कार्यक्रममा सहभागी ग्राहकहरू मध्ये भाग्यशाली ४५ जनाले विभिन्न उपहार जित्न सफल भएका छन् ।

एनके नेपाल ट्रेड एण्ड सप्लायर्सले साना आम्दानी भएका परिवारलाई लक्षित गर्दै मासिक किस्ताबन्दी योजनामा आफ्नै ब्राण्डको आरो (च्इ) प्रविधियुक्त पानी फिल्टर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ग्राहकले प्रति महिना रु १,४५५ तिर्दै शुद्ध पिउने पानी प्राप्त गर्न सक्ने योजना ल्याएको हो । यस्तो योजनाले निम्न तथा मध्यम वर्गीय परिवारलाई आर्थिक भार नपारी स्वास्थ्यमा लगानी गर्न सहज बनाएको बताइएको छ ।

कम्पनीले निर्माण तथा बजारमा ल्याएको फिल्टरमा आरो प्रविधिसँगै जिङ्क, कपर, मिनरल्सजस्ता विभिन्न आवश्यक तत्वहरू पानीमा समावेश गरिने प्रविधि प्रयोग गरिएको छ ।

यसले केवल पानीलाई शुद्ध बनाउने मात्र होइन, पिउन योग्य पानीलाई पोषणयुक्त बनाउने पनि कम्पनीको दाबी छ ।

एनके नेपालले २० हजारभन्दा बढी ग्राहकका लागि दुई चरणमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पहिलो र दोस्रो सिजनमा १०–१० हजार ग्राहकहरूलाई लक्षित गर्दै किस्ताबन्दी योजनामा सहभागी गराईएको थियो ।

यस स्किम अन्तर्गत ग्राहकहरूलाई केवल शुद्ध पानी मात्र होइन, किस्ताबन्दिमा फिल्टर खरिद गर्ने भाग्यशाली विजेतालाई उपहार पाउने अवसर पनि उपलब्ध गराइएको हो ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार, ग्राहकको विश्वास र सहभागिताका कारण स्किम सफल भएको हो ।

“हामीले यो योजनामार्फत शुद्ध पानी सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएका छौं,” कम्पनीका एक जना अधिकारीले भने, “साथै, उपहार योजना ग्राहकको उत्साहवर्धन र कम्पनीप्रति विश्वास अभिवृद्धि गर्ने माध्यम पनि हो ।

” कार्यक्रमकै अवसरमा शुमधुर गायनकलाकी धनी सिद्धका दाहालले गित समेत प्रस्तुत गर्नु भएको थियो । उहाँ सञ्चारमञ्च डककमकी प्रतिनिधी समेत हुनुहुन्छ ।

कार्यक्रममा स्थानीय व्यापारी, कम्पनीका कर्मचारी, तथा ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीले आगामी दिनहरूमा अझ बढी ग्राहकलाई समेट्ने गरी तेस्रो सिजनको तयारी पनि सुरु गरिसकेको जनाएको छ ।

एनके नेपाल ट्रेड एण्ड सप्लायर्सले उपभोक्ताको सन्तुष्टि र स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ । उपहार योजनाको सफलताले कम्पनीको सामाजिक उत्तरदायित्वसँगै ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।