बिहिवार, साउन ३०, २०८२
Sancharmanch

बिकासका लागि नेपाली कांग्रेस झापाको प्रतिनिधि मण्डल काठमाण्डौमा

शनिवार, साउन २५, २०८२
विर्तामोड २१ साउन । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे नेतृत्वको जिल्ला पदाधिकारीसहितको एक प्रतिनिधि मण्डलले भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल  र कृषि मन्त्री रामनाथ अधिकारीसँग आज भेटघाट गरी बिकास निर्माण र कृषि क्षेत्रको समस्या समाधानमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधि मण्डलले मन्त्री दाहाललाई एसियन हाइवे निर्माणका क्रममा बिर्तामोड चोक बजारको फ्लाइओभर निर्माण गर्दा बजारको सौन्दर्य र बजारको ब्यापारलाई असर नपुग्ने गरी यातायातका साधन आवागमनमा सहजता हुने गरी ब्यवस्थित रुपमा काठमाण्डौ कलंकीको जस्तै बाइपास बनाउन सुझाव दिएको छ । त्यसैगरी कृषि मन्त्री अधिकारीसँग अन्नबालीका साथै चिया लगायतका नगदे बालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल तत्काल उपलब्ध गराउन माग गरेको छ । तत्काल उपलब्ध गराउन नसकेको अवस्थामा किसानले सिमावर्ती क्षेत्रबाट ल्याएको मल खोस्ने कार्य सरकारी तवरबाट बन्द गर्न पनि प्रतिनिधि मण्डलले सुझाव दिएको छ । कि राज्यको तर्फबाट मल देउ, कि किसानले आफै जोहो गरेको मल नखोस भन्ने स्पष्ट कुरा प्रतिनिधि मण्डलले राखेको छ । सुक्खा खडेरीका कारण मर्कामा परेका किसान र चिया किसान ब्यवसायीलाई सिंचाई मोटर बोरिङ्गको बिलमा अनुदान दिन पनि उmर्जा मन्त्री दिपक खडकासँग प्रतिनिधि मण्डलले माग राखेको छ ।
सम्बन्धित खबर