बिहिवार, साउन ३०, २०८२
Sancharmanch

झुल तथा सारथी लट्ठी वितरण कार्यक्रम सम्पन्न

सोमवार, साउन २०, २०८२
विर्तामोड, झापा / डेंगु रोग नियन्त्रण र जेष्ठ नागरिकहरूको आवागमनलाई सहज बनाउने उद्देश्यका साथ सभामुख देवराज घिमिरे तथा वहाको धर्म पत्नी टिका बस्नेतज्यूको सहयोगमा मच्छेड झुल तथा सारथी लट्ठी वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विर्तामोड नगरपालिका वडा नं ९ नव आदर्श टोल विकास संस्थाको सहजिकरणमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष प्रकाश आचार्यको नेतृत्वमा, उपाध्यक्ष शिवशंकर पण्डित, सचिव कृष्ण वि.क., तथा सदस्यहरू पुण्य प्रसाद आचार्य, पुष्पराज आचार्य, र संजय पौड्यालको सक्रिय उपस्थिति र समर्पणमा घर–घरमै पुगेर वितरण गरिएको थियो। यस अभियानमा टोल विकास संस्थाका महत्वपूर्ण सदस्य पुण्य प्रसाद आचार्यज्यूको विशेष योगदान रह्यो। कार्यक्रम सञ्चालनका लागि आवश्यक झुल तथा लट्ठीको व्यवस्थापनमा उहाँ स्वयम् गइ सामग्री संकलन गरी ल्याउनु भएको थियो, जसले सम्पूर्ण अभियानलाई सहज र सफल बनाउन मद्दत पुर्‍यायो। उहाँको निस्वार्थ सेवाभाव, तत्परता र टोल प्रतिको समर्पण सम्पूर्ण समुदायका लागि प्रेरणादायी छ। अध्यक्ष प्रकाश आचार्यले सभामुख घिमिरेज्यू र फस्ट लेडी बस्नेतज्यूप्रतिको आभार व्यक्त गर्दै भने, “हाम्रो संस्था यस्ता सामाजिक अभियानमा अझ सक्रिय भएर लाग्नेछ। पुण्य आचार्यजस्ता सदस्यहरूको योगदानले हाम्रो संस्थालाई अझ सशक्त बनाएको छ।” सदस्य संजय पौड्यालले आफ्नो भनाइमा भने, “समुदायको स्वास्थ्य र जेष्ठ नागरिकहरूको सम्मानका लागि गरिएका यस्ता कार्यहरू सामाजिक उत्तरदायित्वको उदाहरण हुन्। हामीले देखाएको सानो पहलले ठूलो प्रभाव पार्न सक्छ।” स्थानीयवासीहरूले कार्यक्रमको खुलेर प्रशंसा गर्दै यस्ता जनहितका कार्यक्रमहरू निरन्तर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
सम्बन्धित खबर