शनिवार, साउन १८, २०८२
Sancharmanch

बिर्तामोड नगरपालिकाले कृषकलाई न्यूनतम समर्थन मूल्य अनुदान प्रदान गर्यो अर्थपूर्ण सहयोगः साना देखि ठूला कृषक लाभान्वित

शुक्रवार, साउन १७, २०८२
झपा\ झपाको विर्तामोड नगरपालिकाले कोशी प्रदेशमै पहिलो तथा नेपालमै दोश्रो पालिकाको रुपमा कृषकलाई न्यूनतम समर्थन मूल्य बरावरको रकम अनुदान दिएको छ । नगरपालिकाले ऐतिहासिक कदम चाँल्दै कृषकलाई न्यूनतम समर्थन मूल्य (MSP) बराबरको रकम अनुदान प्रदान गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । कार्यविधि निर्माण गरेर बिर्तामोडले कृषकलाई उत्पादनमा सुनिश्चितता दिन यो योजना अघि सारेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरेर २४ जना कृषकहरुलाई रु १२ लाख ८२ हजार ८ सय ८७ रुपैया बरावरको चेक हस्तान्तरण गरिएको हो । नगरपालिका भित्र उत्पादनहुने तरकारी बिक्रि गर्दा नगरपालिकाले तोकेको  न्यूनतम समर्थन मूल्य भन्दा घटिमा बेच्नु परेको खण्डमा विक्रि भएको मूल्य वाट समर्थन मूल्य विचमा आउने फरकलाई परिपूर्ती गर्न नगरपालिकाले न्यूनतम समर्थन मूल्य उपलब्ध गराएको छ । न्यूनतम समर्थन मूल्य बराबरको अनुदान रकम पाउने कृषकहरुमा विर्तामोड ७ का रविन बरालले सबैभन्दा कम रु २०८, प्राप्त गर्नु भयो । उता सबैभन्दा बढी अनुदान पाउने कृषक भने विर्तामोड–७ कै प्रदिप खनाल रहनुभएको छ यहाँले रु ५,३४,५११ प्राप्त गर्नुभयो । विर्तामोड १० का प्रकाश रेग्मीले रु २१६, विर्तामोड–७ का जिवन खनालले रु ३२८, विर्तामोडका टिका (थर उल्लेख नभएको) रु २,११२, विर्तामोड–९ का बृहस्पती सेढाईले रु २,९५३, विर्तामोड–९ का ओम पाठकले रु ३,२४८, विर्तामोड–७ का पुष्प राजवंशीले रु ५,४७०, विर्तामोड–८ का गोविन्द गौतमले रु ६,५९५ विर्तामोड–७ का डिल्लिाराम बरालले रु ७३,७५, विर्तामोड–७ का गोमा भट्टराईले रु ७,७००, विर्तामोड–७ का झमक बरालले रु ७,९६९, विर्तामोड–९ का उमानाथ खतिवडाले रु ७,९९७, विर्तामोड–२ का हरि वारकोटीले रु ८,३९५, विर्तामोड–३ का गोपाल महतोले रु ११,९२८, विर्तामोड–८ का गंगा सिटौलाले रु १४,६०८, विर्तामोड–७ का कृष्ण राजवंशीले रु १५,८१८, विर्तामोड–७ का काशी रिजालले रु १६,५१९, विर्तामोड–७ का आशमान टुडुले रु २३,३८१, विर्तामोड–९ का सावित्रा इङ्नामले रु २७,५२०, विर्तामोड–७ का श्याम पकुवालले रु ३८,४८१, विर्तामोड–९ का धर्मेन्द्र चौधरीले रु ८९,८६५, विर्तामोड–२ का राममणी बरालले रु १,८१,६४६, विर्तामोड–७ का लय आचार्यले रु २,६७,०४४, प्राप्त गरेकाछन् । बिर्तामोडका नियमित तरकारी उत्पादन गरी संकलन केन्द्रमा बिक्री गर्ने किसानलाई विक्रि केन्द्रले संकलन गरेको तथ्याङ्कका आधारमा समर्थन मूल्य बराबरको रकम वितरण गरिएको हो । विर्तामोड नगरपालिकामा हाल सातवटा बिक्रि केन्द्र मार्फत उपभोक्तामाझ तरकारी बिक्री भइरहेको छ । थप दुईवटा बिक्री केन्द्र्र स्थापनाका लागि आवश्यक सामग्री नगरपालिकामा मौजाद रहेको बताइएको छ । आर्थिक वर्ष २०८२/०८३ बाट किसानले उत्पादन गरेका तरकारी कृषि एम्बुलेन्स मार्फत किसानका घर घरबाटै संकलन गर्ने योजनासहित नगरपालिकाले कार्य अगाडि बढाएको छ । बिर्तामोड नगरपालिकाको यो कदमले कृषकहरूको श्रमको उचित मूल्य सुनिश्चित गर्नुका साथै उनीहरूलाई थप उत्पादनमा प्रोत्साहन गर्ने निश्चित देखिन्छ । यो अभ्यासले अन्य पालिकाहरूलाई पनि अनुकरणीय उदाहरण दिने सम्भावना प्रबल छ । न्यूनतम समर्थन मूल्यअनुसार अनुदान दिने नीतिको प्रभावकारी कार्यान्वयनले स्थानीय खाद्य सुरक्षामा समेत योगदान पुर्याउनेछ भन्ने विश्वास नगरपालिकाले लिएको छ । नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले कृषिमा आत्मनिर्भरता र सम्मानपूर्ण जीवन यापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा अध्यक्षहरु, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदी, कृषि विज्ञ डा.राजेन्द्र उप्रेती, लयागत कृषि क्षेत्रका विज्ञहरूको उपस्थिति थियो । कृषि विकास समितिका अध्यक्ष संगिता सिवको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख पवित्रा देवी महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कृषकहरुको भब्य उपस्थिति रहेको कार्यक्रम बिर्तामोड नगरपालिका कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरियाले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर