बिहिवार, साउन १६, २०८२
Sancharmanch

विर्तामोडमा उर्जाशीलको ‘झापा कोशेली प्रोडक्ट’ सार्वजनिक, सुपारीका परिकार समावेश

बुधवार, साउन १५, २०८२
झापा / झापाको विर्तामोड नगरपालिकामा सक्रिय उर्जाशील रामधुनी आमा समूहले बुधबार ‘झापा कोशेली प्रोडक्ट’ सार्वजनिक गरेको छ । झापामा उत्पादित सुपारीलाई परिष्कृत गर्दै तयार गरिएका विविध परिकार तथा सामग्रीहरुलाई एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । झापाकै पहिचान झल्काउने उत्पादनलाई समावेश गरेर कोशेली निर्माण गरेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्रले नगरपालिकाको ब्यवसायीक भवन उध्घाटन पछि कोशेली घर स्थापना गरिने बताउँदै निरन्तरको प्रयास वाट मात्र सफलता प्राप्त हुने बताउनुभयो । समूहले झापामा उत्पादन हुने सुपारीलाई परिष्कृत गर्दै फालि सुपारी, लाली सुपारी, सादा सुपारी, गुवा सुपारी, गणेश सुपारी, पान सुपारी, माला सुपारीजस्ता परिकार तथा सुपारीका दुना र टपरीको प्रयोग गरेर आकर्षक सजावटसहित ‘झापा कोशेली’ तयार पारेको जनाएको छ । नेपाल सरकारले सुपारी उत्पादनमा लगानी गरे पनि सुपारीलाई सकारात्मक तवरले नहेरेको बताउँदै आफ्नो कार्य क्षेत्र भित्र उद्योग स्थापना गर्न सकेको खण्डमा आफ्नो कार्यालय वाट पनि सहयोग गर्ने राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनुभयो । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थलाई प्रयोग गरेर उत्पादन गरिएको ‘झापा कोशेली प्रोडक्ट’ झापाकै पहिचान झल्काउने उद्देश्यले सार्वजनिक गरिएको हो । उत्पादित सामग्री झापा चिनारीका रूपमा लैजान सकिने तथा स्थानीय उद्योग प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । आफु सुपारीसँग लामो समय सम्म संघर्ष गर्दै पहिचान स्थापनाका लागि सरकारसँग संघर्ष गरेको समाजसेवी खगेन्द्र मैनालीलले बताउनुभयो । झापामा धेरै संस्थाहरु भए पनि समाज रुपान्तरणका क्षेत्रमा काम गर्ने संस्थाहरु थोरै भएको बताउँदै नेपाल अलौँची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले संस्थाको तर्फ वाट सुपारीका विभिन्न प्रोडक्टहरु कोशेलिको रुपमा सार्वजनिक गरेकोमा खुसी ब्यक्त गर्दै अन्य प्रोडक्ट पनि थप गर्दै जानु पर्ने बताउनुभयो । नेपालको ठुलो ब्यापार घाटा रहेको उल्लेख गर्दै चेम्बर आफ कमर्ष झापाका अध्यक्ष ओम कृष्ण विमलीलले यसरीनै स्थानिय उत्पादनलाई फरक सोचकासाथ ब्राण्डीङ गरेर अगाडि वढ्नका लागि बिश्व बजार सम्म पुर्याउने सन्दर्भमा आफुले सक्ने सहयोग गर्ने बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहले समाज सेवा सँग सँगै स्थानिय उत्पादनको बजारीकरण र प्रचास प्रसार गर्ने सन्दर्भमा कदम चालेको भन्दै विराट भरत विश्रान्तिका उपाध्यक्ष कुल प्रसाद संग्रौलाले खुशी ब्यक्त गर्नु भयो । कार्यक्रमकै अवसरमा रामधुनी आमा समूहले आफ्नो मासिक सामाजिक उत्तरदायित्व अन्तर्गत ४५ जना विपन्न नागरिकलाई झुल वितरण गरेको छ । सो झुल वितरणका लागि संस्थाकी सदस्य विना घिमिरेले आफ्नो जन्मदिनको फजुल खर्च कटौती गरी सहयोग रकम प्रदान गर्नुभएको थियो, जसमा संस्थाले थप लगानी गर्दै सामाजिक कार्य सम्पन्न गरेको हो । संस्थाले हरेक महिना सहयोगको कार्यक्रम सञ्चालन गर्ने गरेको संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो । संस्थाकी अध्यक्ष गंगादेवी सिवाकोटी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव निरा न्यौपाने कट्टेलले गर्नुभएको थियो ।
सम्बन्धित खबर