सोमवार, साउन ६, २०८२
Sancharmanch

वडा अध्यक्ष खुलाको अर्को कदम, मृत्यु संस्कारमा आर्थिक सहयोग र मृत्यु प्रमाणपत्र घरमै वितरण गर्ने अभियान सुरु

सोमवार, साउन ६, २०८२
झापा, शिवसताक्षी / सामाजिक सेवा र जनउत्तरदायी कार्यका दृष्टिकोणले झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले उदाहरणीय कदम चालेको छ । जिल्लामै पहिलोपटक यस वडाले बार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै मृत्यु संस्कारमा आर्थिक सहयोग गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको थियो । त्यसैको निरन्तरतास्वरूप आर्थिक वर्ष २०८२/०८३ बाट थप नयाँ कार्ययोजना अघि सार्दै वडाले मृत्यू दर्ता प्रमाणपत्र समेत मृतकका घरमै पुर्याउने कार्यक्रम सुरु गरेको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । सक्रिय वडा अध्यक्ष मनोज खुलालले दोस्रो कार्यकाल सम्हालिरहेकै बेला यो कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै मृत्यु भएका नागरिकको घरमै पुगेर आर्थिक सहयोग स्वरूप रु ४,५०० नगद, समवेदना पत्र तथा मृत्यू दर्ता प्रमाणपत्र प्रदान गर्ने नयाँ अभ्यास सुरु गर्नुभएको हो । यो कार्यक्रमले मृतकका परिवारप्रति सम्मान प्रकट गर्ने मात्रै होइन, प्रशासनिक प्रक्रिया सरल र बअअभककष्दभि बनाउन मद्दत पुर्याउने विश्वास लिइएको छ । कार्यक्रमको सुरुवात स्वरूप वडा नं. ६ अन्तर्गतका स्वर्गीय मानबहादुर दर्जीको घरमा पुगेर वडाले उक्त सेवा प्रदान गरेको छ । १९९९ साल मंसीर १५ गते जन्मिएका दर्जी २०८२ साल असार २८ गते दिवंगत हुनुभएको थियो । स्वर्गीय दर्जीकी बुहारी गीता लावर दर्जी आफैं वडा नं. ६ की जनप्रतिनिधि समेत हुनुहुन्छ । यो कार्यक्रम केवल आर्थिक सहयोगमा सीमित छैन, यो हाम्रो समुदायमा नागरिकको दुःखमा साथ दिने हाम्रो जिम्मेवारीको अभिव्यक्ति पनि हो । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले मृत्यु संस्कारलाई सम्मानपूर्वक हेर्ने, पीडित परिवारको बोझ कम गर्ने र आवश्यक प्रशासनिक सेवामा सहज पहुँच दिने उद्देश्यका साथ कार्यक्रम अगाडि वढाएको छ । स्थानीयवासीहरूले वडाको यो कदमलाई सामाजिक न्याय र सहानुभूतिपूर्ण प्रशासनको उदाहरणका रूपमा लिएका छन् । मृत्युका समयमा सरकारी सेवाको पहुँचको अभावमा पिरोलिएका परिवारहरूका लागि यो कार्यक्रम राहतको श्वास बनेको छ । परिवारको सदस्य र स्थानीय वडा नं. ३ की जनप्रतिनिधि दुवैका नाताले तिर्था दर्जीले यस्तो अभियान जनभावनाको कदर गर्ने हिसाबले ऐतिहासिक रहेको बताउनुभयो । वडाले आगामी दिनमा यस कार्यक्रमलाई थप संस्थागत बनाउँदै आवश्यक बजेट विनियोजन गर्ने, स्थानीय संघसंस्थासँग समन्वय गरी कार्यक्षेत्र बढाउने योजना बनाएको छ । यसले अन्य वडाहरू र पालिकाहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्ने दिशामा प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ । कार्यक्रममा वडा सचिव शान्तिराम रिमाल, वडा सदस्यहरु गोमा रिजाल, गंगा ताजपुरिया, नरेन्द्र बस्नेत, कर्मचारी समिक्षा भेट्वाल लागायतको उपस्थिति रहेको थियो ।  
सम्बन्धित खबर