मङ्गलवार, असार १७, २०८२
Sancharmanch

एकता समूह विर्तामोडद्वारा अर्गानिक धूप बनाउने तालिम सम्पन्न, महिलालाई स्वरोजगारमा जोड

मङ्गलवार, असार १७, २०८२
झापा, विर्तामोड,- महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको बाटोमा अग्रसर गराउने उद्देश्यले झापाको विर्तामोड नगरपालिका वडा नं. १० स्थित एकता समूहले अर्गानिक धूप निर्माण सम्बन्धी तालिम सम्पन्न गरेको छ । विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिममा ३५ जना महिलाले हभागिता जनाउनु भएको छ । नगरपालिकाले तालिम सञ्चालनका लागि रु ४० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । तालिममा सहभागी महिलाहरूलाई गाउँघरमा पाइने जडीबुटी, प्राकृतिक सामग्री लगायतका पदार्थहरूको माध्यमबाट धूप निर्माण गर्ने सीप प्रदान गरिएको हो । महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले यस्तो तालिम आयोजना गरेका गरिएको जनाइएको छ । तालिमबाट प्राप्त सीपले उनीहरू घरमै बसेर व्यवसाय सुरु गर्न सके आयआर्जनमा बृद्धि हुने कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका वडा नं. १० का अध्यक्ष दुर्योधन गरुङले बताउनुभयो । धूप निर्माणको तालिमले विशेष गरी जैविक तथा वातावरणमैत्री उत्पादनमा जोड दिएको छ । प्रयोग हुने कच्चा पदार्थहरूमा अग्निसार, चन्दन, तुलसी, गुङ्गे, धुपिलो, लवङ्ग, सुनपाते, बेसार लगायतका जडीबुटी पर्दछन्, जुन स्थानीय स्तरमै सजिलै उपलब्ध हुनु देखिन्छ । धूप उत्पादनमा प्रयोग हुने सबै सामग्री वातावरणमैत्री र स्वास्थ्यमा असर नपर्ने खालका छन् । बजारमा पाइने केमिकलयुक्त धूपको तुलनामा यस प्रकारको अर्गानिक धूप निकै सुरक्षित र प्राकृतिक हुने भएकाले यसको माग पनि बढ्दो रहेकोछ । नगरपालिकाले विद्युत बाटो मात्र विकास होइन यस प्रकारको तालिम पनि एउटा विकास भएको प्रमुख अतिथि तथा वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङले बताउनुभयो । धूप उत्पादन कार्यले महिलाहरूलाई आत्मनिर्भर बनाउन मात्र होइन, घरेलु उद्योग प्रवद्र्धन र ग्रामीण स्तरमा रोजगारी सृजनामा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थको सदुपयोग गर्दै वातावरण संरक्षण र आर्थिक सशक्तिकरण दुवैलाई एकसाथ जोड्ने उद्देश्यले तालिमको अवधारणा तयार गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विषेस अतिथि उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले हेर्दा सानो देखिए पनि तालिम महत्वपूर्ण रहेको बताउनुभयो । तालिममा सहभागी महिलाहरूले पनि आफूले सिकेको सीपलाई आगामी दिनमा व्यावसायिक रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । एकता समूहले पहिलोपटक यस्तो व्यवहारिक तालिम प्राप्त गरेको जनाएको छ । अब समूह बनाएर अर्गानिक धूप बनाउने र बिक्री गर्ने योजना बनाउने समूहले जनाएको छ । समापन कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, तालिमपछि समूहले संयुक्त रूपमा धूप उत्पादन सुरु गर्नका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। एकता समूहले यसअघि समूहका सदस्यहरुले आफ्नै लगानिमा विभिन्न सामुदायिक विकासका कार्यक्रमहरू गर्दै आएको छ । समूहका सदस्यहरू महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा केन्द्रित गतिविधिमा सक्रिय रहेको देखिन्छ । समूहका अध्यक्ष यज्ञराज राईको अध्यक्षतामा तालिमको समापन गरिएको थियो । यस्ता खालका तालिमहरूले ग्रामीण महिलाहरूलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने माध्यम बन्ने हुँदा स्थानीय तह तथा विभिन्न संघसंस्थाहरूबीच सहकार्य अझै मजबुत बनाइँदा परिणाम अझ प्रभावकारी हुने देखिन्छ । b
सम्बन्धित खबर
Top onlayn kazinolar O‘zbekistonda.1030
मङ्गलवार, असार १७, २०८२
Onwin Casino GİRİŞ Onwin-GÜNCEL GİRİŞ.1120
मङ्गलवार, असार १७, २०८२