आइतवार, असार १५, २०८२
Sancharmanch

महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

मङ्गलवार, जेठ २८, २०८२
झापा, विर्तामोड / बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको सुगम शान्ति महिला बिकास संस्थाको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि साथै बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतरा प्रसाईले विर्तामोड नगरपालिकाले महिला जागरण तथा ससक्तिकरणका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखेको बताउँदै पुराना सोच बाट हालको परिवर्तित स्वरुप सम्म आइपुग्दा धेरै संघर्ष गर्नुपरेको बताउनुभयो । सचेतना कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा अधिवक्ता कविता बाँस्तोला रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले विर्तामोड नगर कमिटिका अध्यक्ष सुभाष भट्टराईले सुगम शान्ति महिला बिकास महिला विकास संस्थाले राम्रा कामहरु गरिरहेको बताउँदै स्थानिय सरकारले यस प्रकृतिका कार्यक्रमहरुमा धेरै लगानी गरेको हुँदा यसको उपलब्धिका विषयमा सोच्नु पर्ने बताउनुभयो । कार्यक्रममा महिला हिंसासम्बन्धी कानुनी जानकारी, पीडितले लिन सक्ने सेवा–सुविधा, तथा समाजमा महिलाको अधिकार सुनिश्चित गर्न आवश्यक उपायहरूबारे जानकारी दिइएको थियो । कोशी प्रदेशका अन्य जिल्लाका तुलनामा झापा जिल्लामा उजुरी परेका तथ्याङ्कका आधारमा महिला हिंसाका घटनाहरु बढि हुने गरेको अधिबक्ता कबिता बाँस्तोलाले बताउनुभयो । स्थानीय स्तरमै यस्ता कार्यक्रमले महिलाहरूमाझ कानुनी चेतना र आत्मविश्वास बढाउने आयोजक संस्थाले विश्वास व्यक्त गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विर्तामोड नगरपालिका वडा नं. ६ कि वडा सदस्य गिता रेग्मीले विभिन्न क्षेत्रलाइ आधार बनाएर गरिने हिंसा त्यसमा पनि महिलाहरुलाई जोडेर गरिने हिंसा महिला हिंसा भएको बताउनुभयो । बिर्तामोड उद्योग बाणिज्य महिला संघकी अध्यक्ष राधिका चुडाल हुमागाईले सचेतना जगाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै स्थानिय महिला दिदि बहिनीहरुले कार्यक्रमलाई चासो दिएर उपस्थिति जनाउनु पर्नेमा जोड दिनुभयो । संस्था का सल्लाहकार यसोदा प्रसाईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सुगम शान्ति महिला बिकास संस्थाको स्थापनाका समयमा गरेको संघर्ष र हाल सम्म आइ पुग्दा धेरै सामाजिक काम गरेको बताउनुभयो । कार्यक्रम संस्थाकी अध्यक्ष विमला प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा देवी महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई संस्थाकी सल्लाहकार सिता दंगालले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव चन्द्रकला रिजालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका महिला सदस्यहरू तथा स्थानिय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्बन्धित खबर