शनिवार, पौष १९, २०८२
Sancharmanch

बैदेसिक रोजगारीका लागि ११ वर्षदेखि अर्जुनधारा नगरपालिकामा कार्यरत निरौलाले लिए विदा

Posted by:
आइतवार, माघ १३, २०८१
झापा/ सरकारी सवारी चालक ऐसोशिएसन नेपालले आज एक कार्यक्रमका बीच आजीवन सदस्य लिलाकुमार निरौला (महेश)लाई विदाई  गरेको छ । बिर्तामोड नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच उहाँलाई संस्थाका महासचिव खेमराज नेपालद्वारा खदा तथा मायाको चिनो प्रदान गरी बिदाई गरिएको हो । कार्यक्रममा बोल्दै महासचिव नेपाल विगत ११ वर्षदेखि झापाको अर्जुनधारा नगरपालिका कार्यरत रहे पनि सरकारको साना कर्मचारी प्रतिको विवेध कारी नीति कारण खाली हात निस्किनुपर्ने तितो यथार्थ रहेको वताउनु भयो । करार कर्मचारीहरूलाई सरकारको विवेधकारी नीतिका कारण बर्सेनी आफ्नो उर्जाशील समय व्यतीत गर्दै विदेश पलायन हुनेको संख्या बढी रहेने बताउनुभयो । कार्यक्रममा बोल्दै वैदेशिक यात्रामा रहनुभएका लिला कुमार निरौलाले ११ वर्षदेखिको सगैको यात्रामा रहनुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै संस्थाले सिवगतमा सञ्चालन गरेका कार्यक्रमहरूको स्मरण गर्दै आगामी दिनमा पनि यस संस्थाप्रति विदेशबाटै भएपनि साथ सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो । विदाई कार्यक्रम संस्थाका सल्लाहकार संयोजक रोहित कोइरालाले संचालन गर्नुभएको थियो ।
सम्बन्धित खबर