मङ्गलवार, फागुन ५, २०८२
Sancharmanch

चिया श्रमिकलाई प्रशिक्षण

Posted by:
आइतवार, कार्तिक २५, २०८१
विर्तामोड २५ कात्तिक / ‘चिया क्षेत्रमा कार्यरत श्रमीकका मुद्धा, मर्यादित काम एवं सामाजिक सुरक्षाका लागि आगामी मार्गचित्र’ विषयक दुइदिने कार्यशाला आइतबार विर्तामोडमा सम्पन्न भएको छ । नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यशालालाई नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की, महासचिव अजय राई, केन्द्रीय उपमहासचिव अर्चना बस्नेत र चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले सहजीकरण गर्नुभएको थियो । कार्यशाला गोष्ठीमा संगठन, सामाजिक सुरक्षा, बोनस ऐन, ट्रेड युनियन कांग्रेस र भावी कार्यदिशा, चिया बगान श्रमिक संघको एक बर्षको नीति तथा कार्यक्रममाथि बृहत् छलफल भएको थियो । दुईदिने कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले श्रमजीवी वर्गको श्रमको मूल्य र सम्मान प्राप्त नभएसम्म मुलुकले संमृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।  विश्वका समृद्ध राष्ट्रहरुमा श्रमजीवी वर्गले सम्मान र श्रमको राम्रो मूल्य प्राप्त गरिरहेको अवस्थामा हाम्रो मुलुकमा पनि श्रमजीवी वर्गको सम्मान, समान ज्याला, एवं सामाजिक सुरक्षा ऐन कार्यान्वयनको खाँचो रहेको औल्याउनुभयो । नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ताद्वय तेजेन्द्र कार्की, अर्चना बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाली कांग्रेस झापाका सदस्य रश्मिशेखर सुवेदी र सहभागीका तर्फबाट कल्पना कार्की, नरेन्द्र अर्याल, मणि भुजेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका बरिष्ठ उपाध्यक्ष मिलन राईले गर्नुभएको थियो । तरुण दलले बनाइदियो मेहराको घर भद्रपुर २५ कात्तिक । नेपाल तरुण दल भद्रपुर नगरपालिका वडा नं–५ को पहलमा भद्रपुर–५ ठण्डा बस्तीमा निर्माण गरिएको मेहरा दायरीको घर आज आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । लगभग पाँचलाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त घर भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले मेहरा दायरीलाई हस्तान्तरण गर्नुभएको हो । नेपाल तरुण दल भद्रपुर–५ का वडा सभापति इन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेलले तरुण दलको पहलमा घरबारबिहीन ब्यक्तिको घर निर्माण हुनु सराहनीय कार्य भएको भन्दै प्रसंशा गर्नुभयो । यस्ता सामाजिक कार्यलाई जारी राख्नसमेत उहाँले तरुण दललाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विजय रिजाल, उद्योगी टिकाराज ढकाल, नेपाल तरुण दल केन्द्रीय सदस्यद्वय श्याम सिटौला र राजेन्द्र उप्रेती, भद्रपुर–५ का वडाअध्यक्ष बन्धु कार्की, भद्रपुर–६ का वडाध्यक्ष रतिया राजवंशी, भद्रपुर–८ का वडाध्यक्ष मनोज सुब्बा (गौरव), नेपाल विद्यार्थी संघ झापाका अध्यक्ष सञ्जय निरौला तरुण दल क्षेत्रीय सभापति खड्ग सुब्बा, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल तरुण दलका वडा सभापति नेपालले घर निर्माण कार्यमा सहयोग पु¥याउने सबैप्रति आभारसहित धन्यवाद ब्यक्त गर्दै मेहरा परिवारको सुखद भविष्यको कामना ब्यक्त गर्नुभयो ।
सम्बन्धित खबर