कार्यक्रममा माओबादी केन्द्र बुद्धशान्ति अध्यक्ष प्रेम नेम्वाङ माओबादी केन्द्रीय सदस्य हरी राना वाइ सि एल नेपाल केन्द्रीय सचिब प्रदेश नं १ ईन्चार्ज कर्म पुलामी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । शनिवार सम्पन्न दोस्रो वडा अधिवेसन बाट अध्यक्षमा पंकज सेर्पा उपाध्यक्ष डिलशिङ नेम्वाङ बुद्धमगर ललित राई र सचिवमा महेश अधिकारी सह सचिव उज्वल चापागाई कोषाध्यक्ष रजनि मगर सहित ४१ जना समिति सदस्य चयन हुनु भएको छ ।
त्यसै गरि बुद्धशान्ति वाई सि एल इन्चार्जमा जीवन लिम्बू साथै सह ईन्चार्जमा अबिसेक लकान्द्री चयन हुनु भएको छ । कम्युनिष्ट लिग वाइ सि एल बुद्धशान्तिका अध्यक्ष पंकज शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रीय सदस्य माननीय पुर्व प्रदेश मन्त्री जीवन आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओबादि केन्द्रिय सदस्य हरि राना,माओबादि केन्द्रिय सचिवालय सदस्य साथै झापा जिल्ला पाटि इन्चार्ज बोधराज दहाल,माओबादि केन्द्र बुद्धशान्ति अध्यक्ष प्रेम नेम्वाङ माओबादी केन्द्र बुद्धशान्ति सचिव रूद्र भन्डारी लगायतको उपस्थिति रहेको थियो । बुद्धशान्ति ३ स्थित राम जानकि मन्दिरको शभाहलमा शनिवार सम्पन्न भएको कार्यक्रमलाई विनोद नेम्वाङले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन माओबादि केन्द्रिय प्रयटन विभाग सदस्य प्रेम लुवागुनले गर्नु भएको थियो ।












