शुक्रवार, पौष १८, २०८२
Sancharmanch

नेपाल महिला संघ झापाको  २ नम्बर क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted by:
शनिवार, भदौ १, २०८१
बिर्तामोड १ भदौ / नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा  २ नम्बर क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व बिकासका बिषयमा पूर्णप्रसाद गौतम, महिला अधिकार सम्बन्धी कानुनी ब्यवस्थाका बिषयमा लक्ष्मी शिवाकोटी र नेपाल प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघको इतिहासका बिषयमा बिकाश उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा  नेपाली काङ्ग्रेस झापाका  कार्यबाहक सभापति केशबराज पाण्डेले जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृत्तिले पार्टी मजबुत नहुने धारणा राख्दै पाएको जिम्मेवारी सबैले पूरा गर्दामात्रै संगठन बलियो हुने बताउनुभयो । पाण्डेले शिक्षा, स्वास्थ, संचार, भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसको नेतृत्वमा थुप्रै काम भएको चर्चा गर्नुभयो । धर्मग्रन्थमा पनि महिलाहरुको उच्च स्थान रहेको चर्चा गर्दै उहाँले उच्च मनोबलका साथ अघि बढ्न महिलाहरुलाई आह्वान गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले नेपाली काङ्ग्रेस र महिला संघको भुमिकाका बिषयमा बुझ्न प्रशिक्षण प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नुभयो । महिलाहरुको स्वतस्फूर्त सहभागिताले मात्रै राजनीतिक उपलब्धि प्राप्त हुने धारणा गिरिजाप्रसाद कोइरालाले नै राख्नुभएको स्मरण गर्दै हरेक क्षेत्रमा महिलाहरुको गुणात्मक सहभागिता जरुरी रहेको शिवाकोटीको भनाई थियो। कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै नेपाल महिला संघ झापा अध्यक्ष टीका  सिटौला मैनालीले महिलाहरूको सशक्तीकरण र क्षमता अभिबृद्दिका लागि झापाका पाचवटै क्षेत्रमा प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बारकोटी, नेपाली काङ्ग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । नेपाल महिला संघ २ नम्बर क्षेत्रीय सभापति मनु बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ झापा सचिब उर्मिला ढकाल पोखरेलले स्वागत गर्नुभएको थियो भने संचालन  प्रभा पौडेलले गर्नुभएको थियो ।
सम्बन्धित खबर