शुक्रवार, पौष १८, २०८२
Sancharmanch

नमुना विद्यालय बुद्धआदर्श माविले एस इ इ मा उत्कृष्ठ जिपिए ल्याउने बिद्याथीलाई गर्यो सम्मान

Posted by:
बिहिवार, असार २०, २०८१
बुद्धशान्ति, झापा/ शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ GPA प्राप्त गर्न सफल विद्यार्थिहरूलाई बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको गाउँपालिकाको एक मात्र नमुना विद्यालय बुद्धआदर्श माध्यमिक विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ न्एब् प्राप्त गर्न सफल विद्यार्थिहरूलाई हार्दिक बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । बुधबार विद्यालयले शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ GPA प्राप्त गर्न सफल विद्यार्थिहरूलाई अभिभावकहरूको उपस्थितमा बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय शिक्षक अभिभावक संधका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले विधालयको नाम उच्च राख्दै देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्नका लागि विधार्थीहरुलाई उत्कृष्ठ शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउँदै हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालयले गरेको प्रयासको नतिजानै एस इ इ परिक्षा भएको बताउदै पासआउट विद्याथीहरुलई सुभकामना दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र कोईरालाले शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई बाट माथि उठ्नु पर्ने बताउनुभएकोछ । बिद्यालयले शैक्षिक उपलब्धि हाँसिल गर्नका लागि शिक्षक अभिभावक ,विद्यार्थी सम्पूर्ण क्षेत्र उतिनै जिम्मेवार हुनुपर्ने सदस्य कोईरालाले बताउनु भयो । बुद्धशान्ति गाउँपालिका वडा नं १ की वडा सदस्य लक्ष्मी कंडेल, विद्यालय व्यवस्थापन समितिमा सदस्य गंगा आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण सदस्य विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक दिपक बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रम शिक्षक माधब बरालले सन्चालन गर्नु भएको थियो । बुद्धआदर्श माध्यमीक विद्यालय बुद्धशान्ति गाउँपालिकाको केन्द्रमा रहेको विद्यालय हो । गुणस्तरिय शिक्षाका लागि सचेत शिक्षक शिक्षिका वाट अध्यापन गराइने यस बिद्यालयको शैक्षिक विकासका लागि सम्पूर्ण शिक्षक शिक्षिकाहरुको सकारात्मक साथ सहयोगकामा सामान्य विद्यालय बाट नमुना बिद्यालय स्थापनाका लागि प्रधानाध्यापक कृष्णराज भण्डारीको योगदान अतुलनिय रहेको छ । जसका कारण विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शिक्षण सिकाई उपलब्धि उत्कृष्ठ रहेको छ ।
सम्बन्धित खबर