शुक्रवार, पौष १८, २०८२
Sancharmanch

समर्पण टुरको एक सय फष्ट वेभ टिकेट  खुल्ला

Posted by:
बुधवार, जेठ ३०, २०८१
लण्डन / लण्डन ओन्टारीयो बाट सुरुवात हुने सबिन राई एण्ड फारोजको समर्पण टुरको एक सय फष्ट वेभ टिकेट  खुल्ला गरिएको छ । "फष्ट वेभ" को १०० वटा अग्रिम बुकिङ टिकट काउन्ट डाउन गरी क्यानडाको समय अनुसार जुलाई १२ तारीख बिहान ११:३० निर्धारण गरिइएको छ। टिकट बुकिङ समय खुल्ला ११:३० बजेदेखि रहने आयोजक हिमालय क्रिएसनले जनाएको छ। "फष्ट वेभ" लाई नेपाली भाषामा "अग्रिम बुकिङ टिकट " भन्न सकिन्छ। यी टिकटहरू विशेष रूपमा कुनै कार्यक्रम, सम्मेलन, कन्सर्ट, वा उत्सवको लागि प्रारम्भिक समयमा किन्न मिल्नेछ र नियमित टिकटको तुलनामा सस्तो हुनेछन्। यदि तपाईंले छिटो टिकट किन्न सोचिरहनुभएको छ भने, कम मूल्यको फाइदा लई तुरुन्त किन्नु उपयुक्त हुन्छ। हिमालय क्रियशनले विविध नेपाली संगित तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप अन्टारियो, लण्डनकै प्रतिष्ठित म्युजिकल हलमा हिमालमयन किर्यसनले पहिलो पटक नेपाली ब्याण्ड सबिन राई एणड फारोसको लाइभ कार्यक्रम आयोजना गरेको छ । नेपाली कला, संस्कृति सम्बद्र्धन गर्दै नेपाली बालबालिकादेखि जेष्ठ नागरिक सम्म प्रिय सबिन राईलाई लण्डन म्यु्जिक हलमा लाइभ प्रस्तुत गरी नेपाली गित संगीतलाई प्रबद्र्धन गर्ने लक्ष्य राखेको हिमालय क्रिएशनका विरोध चालिसे प्रतिबद्धता व्यक्त गरेका छन्
सम्बन्धित खबर