आइतवार, भदौ १, २०८२
Sancharmanch

बुद्धशान्ति उद्योग बाणिज्य संघमा चार जना कार्यसमिति सदस्यहरुको लागी निर्वाचन हुँदै

शनिवार, जेठ २६, २०८१
झापा / बुद्धशान्ति उद्योग बाणिज्य संघको आसन्न २०८१ जेठ २८ गते हुन गाइरहेको निर्वाचनमा संयुक्त ब्यवसायीहरुका तर्फ वाट सदस्य पदका लागि ४ जना उमेदवारहरु चुनावी मैदानमा रहनु भएको छ । विगत लोमो समय देखी बुद्धशान्ति गाउँपालिकामा ब्यवसाय सञ्चालन गर्दै आउनु भएका मदन कुमार भट्टराई, रामलाल कोइराला, श्रीलाल रसाइली र चन्द्र कुमार कटुवाल चुनावी मैदानमा रहनु भएको छ । कार्यसमितिका अध्यक्ष सहित ९ जना भने निर्विरोध निर्वाचित हुनुभएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बुधवारे बजारमा अस्मिता कृषि भण्डार नाम दिएर ब्यवसायमा निरन्तर रहनु भएका मदन कुमार भट्टराई कृषि सम्बन्धि मल विउ विजन लगायतका सामग्रीको ब्यवसायमा सहभागी हुनुहुन्छ । मल विउ विजन बिक्रेताको तर्फ वाट प्रतिनिधित्व गर्दै भट्टराईको उमेदवारी परेको हो । आफु बाणिज्य संघको नेतृत्वमा पुग्दै गर्दा सम्पूर्ण ब्यवसायीको पक्षमा रहेर वकालत गर्ने साथै कृषि क्षेत्रमा सहभागी ब्यवसायीहरुका लागि आफ्नो तर्फ वाट कानुनत गर्न सक्ने पहल गर्ने पनि भट्टराईले प्रतिवद्धता जनाउनुभयो । उहाँको चुनाव चिन्ह साईकल रहेको छ । त्यसै गरी बुद्धशान्ति गाउँपालिका वडा नं. १, पुलचोकमा लामो समय देखी हार्डवेयर ब्यवसाय सञ्चालन गरिरहनु भएका अनुभवी ब्यवसायी रामलाल कोइराला पनि चुनावी मैदानमा हुनुहुन्छ । हार्डवेयर ब्यवसायीको प्रतिनिधित्व गर्दै कोइरालाले उमेदवारी दिनुभएको हो । कोइरालाले सम्पूर्ण हार्डवेयर ब्यवसायीहरुको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता सहित आफुले उमेदवारी दिएको वताउनुभयो । उहाँको चुवान चिन्ह कैँची रहेको छ । त्यसैगरी बुद्धशान्ति गाउँपालिका वडा नं. ३ पहाडि चोकमा श्री माता पाथिभरा ज्वेलर्स सञ्चालन गरिरहनु भएका श्रीलाल रसाइली पनि चुनावी मैदानमा हुनुहुन्छ । सम्पूर्ण सुनचाँदी ब्यवसायीहरुको तर्फ वाट आफ्नो उमेदवारी परेको श्रीलालले बताउनुभयो । बाणिज्य संघको नेतृत्वमा पुग्दै गर्दा आफु सम्पूर्ण सुनचाँदी ब्यवसायीको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । उहाँको चुनाव चिन्ह पानिको धारा रहेको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बालुवाटारमा अमृता ट्रेड एण्ड सप्लायर्स का सञ्चालक ब्यवसायी चन्द्र कुमार कटुवाल पनि चुनावी मैदानमा हुनुहुन्छ । किसाना पसल गर्ने ब्यवसायीहरुको साझा उमेदवारको रुपमा आफु मैदानमा रहेको कटुवालले बताउनु भयो । आफ्नो कार्यकाल भर किराना ब्यवसाय सञ्चालन गर्ने ब्यवसायीहरुका पइामा रहेर वकालत गर्ने पनि कटुवालले प्रतिवद्धता जनाउनुभयो । उहाँको चुनाव चिन्ह हात्ती रहेको छ । यतिवेला ब्यवसायीहरुको साझा संगठन बुद्धशान्ति उद्योग वाणीज्य संघको चुनावी सरमागर्मी वढी रहेको छ । चारजना सदस्यहरुका लागि ५ जनाको उमेदवारी परेसँगै सघको अधिवेशन चुनावी मैदानमा धकेलिएको हो । चार जना अनुभवी तथा ब्यवसायी उमेदवारको विपक्षमा रहेर अर्का एक जना असन्तुष्ट पक्षधर मनोरथ तिवारीको उमेदवारी परेको बताइएको छ । आ–आनफ्ना क्षेत्रसँग ब्यवसायीहरुका हक हितका लागि सकारात्मक कदम चाल्न कोही कसैसँग संझौता नगर्ने चारै जना ब्यवसाइहिरुले प्रतिवद्धता जनाएका छन् । आफुहरु निरन्तर ब्यवसायमा सकृय रहेको दावी गर्दै गैर ब्यवसायी र ब्यवसायी छुट्याएर मतदान गर्न समेत मदन कुमार भट्टराई, रामलाल कोइराला, श्रीलाल रसाइली र चन्द्र कुमार कटुवालले आम ब्यवसायीहरुमा अनुरोध गर्नु भएको छ । निर्वाचन समितिको २०८१ जेठ २४ गतेको निर्णय अनुसार बुद्धशान्ति उद्योग वाणिज्य संघका लागि अध्यक्ष दिपक सापकोटा, उद्योग उपाध्यक्ष दुर्गा प्रसाद कुईकेल, वाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिवमा लक्ष्मी प्रसाद उप्रेती, उद्योग सचिवमा हेमन्त राज बराल, वाण्ज्यि सचिवमा ज्ञानु थापा, कोषाध्यक्ष ओम प्रकास वास्तोला, दुइजना महिला सदस्यहरुमा ललीता गौतम र टिका देवी चौलागाई निर्विरोध निर्वाचित हुनु भएको छ ।
सम्बन्धित खबर