सोमवार, फागुन ४, २०८२
Sancharmanch

वीरता जेसीजद्वारा युथ क्लवलाई फुटवल प्रदान

Posted by:
शुक्रवार, जेठ २५, २०८१
झापा / वीरता जेसीजले एक कार्यक्रमको आयोजना गरेर सैनिक युथ क्लवलाई ८ थान फुटवल हस्तान्तरण गरेको छ । विर्तामोड नगरपालिका वडा नं. १० सैनिक बजार स्थीत खेद मैदानमा पुगेर खेल सामग्री हस्तान्तरण गरिएको वीरता जेसीज वर्ष सन् २०२४ का महासचिव सुमन पोद्धारले जानकारी दिनुभयो । वीरता जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकाश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अध्यक्ष सजेश सिवाकोटी, पूर्व राष्ट्रिय प्रशीक्षक प्रवेश कटुवाल, वडा नं. १० का सदस्य पृथ्वी वहादुर वस्नेत, नगर खेलकुद विकास समितिका सदस्य सन्तोष गुरुङ्ग, सैनिक युथ क्लवका कोषाध्यक्ष प्रभात मुखिया, युवा समाजसेवी साथै झापा जिल्ला हक्कि संघक अध्यक्ष मनोज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर