आइतवार, जेठ ३, २०८३
Sancharmanch

कागेश्वरी मनोहरा ५ मा गोपाल गौरीले २९ जनालाई झोला बनाउन सिकाउँदे

Posted by:
सोमवार, जेठ २१, २०८१
प्रतिक अर्याल, काठमाण्डौ/ काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ मा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले झोला बनाउने तालिम सञ्चालन गरेको छ । प्रतिष्ठानले वडाका २९ जना महिलाहरुलाई लाई झोला बनाउने तालिम सञ्चालन गरेको हो । वडा कार्यालयको बार्षिक नीति तथा कार्यक्रम अनतर्गतको बजेट रु २ लाख लगानी गरेर तालिमको आयोजना गरिएको बताइएको छ । नेपालमा स्किलयुक्त मेनपावरको अभाव दिनानुदिन वढिरहेको बताउँदै गोपाल गारी दिगो विकास प्रतिष्ठानले जिवन उपयोगी शिप सिक्न मन लगाउने महिलाहरुका लागि तालिम सञ्चालन गरेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका केन्द्रिय महासचिव बुद्धिराम बन्जाडेले बताउनुभयो । सटिफिकेटको काम नभएको बताउँदै ज्ञान र शिपलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो । ध्यानपूर्वक सिक्न जरुरी रहेको हुँदा गुणस्तरिय सामान उत्पादन भएमा बजारीकरणको लागि गोपाल गौरी दिगो विकास प्रतिष्ठानले सहयोग गर्ने समेत महासचिव वन्जाडेले बताउनुभयो । गोपालगौरी दिगो विकास प्रतिष्ठानकी बरिष्ठ प्रशिक्षक उमादेवी शिवाकोटीले ३० दिन सम्म प्रदान गर्ने शिपमा महिलाहरुले विभिन्न आइटमका ब्यागहरु निर्माण गर्न सक्ने बनाइने बताइएको छ । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत शागर मिश्रले सहभागिहरुलाई तालिम बाट प्राप्त शिपलाई समयानुकुल बनाएर आर्थिक उपार्जनसँग जोड्न आग्रह गर्नु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएकी कार्यपालिका सदस्य तथा वडा नं. ५ कि सदस्य गोमा विशुंखे रोकाले तालिममा सहभागि नयाँ अनुहारका सहभागि देख्दा खुसी लागेको बताउनुभयो । तालिम अवधिभर सहभागिको नियमित उपस्थिति जनाउन समेत सम्र्पुण सहभागिलाई अनुरोध गर्नुभयो । तालिम २ ग्रुपमा विभाजन गरेर सञ्चालन गरिने बताइएको छ । विहान १० वजृ देखी दिउसो १ वजे सम्म पहिलो सेसनको तालिम सञ्चालन गरिनेछ भने दोश्रो सेसनको लागि १ वजे देखी अर्को सेसनको तालिम सञ्चालन गरिने गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले जानकारी दिनुभयो । तालिममा अनुसासित भएर सिक्न जरुरी रहेको पनि अध्यक्ष शर्माले बताउनुभयो । वडा वाट हरेक वर्ष महिलाहरुलाई स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भएको बताइएको छ । बार्षिक वजेट निर्माण गर्दा झोला बनाउने तालिमलाई समेटेर वडा कार्यालयले विषयगत तालिमलाई प्रभावकारी बनाउने उध्येश्यसहित फरक सोचकासाथ कार्यक्रम सञ्चालन गरिएको वडा सदस्य सुशान्त श्रेष्ठ ले वताउनुभयो । कान्ति भैरव माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन भएको तालिम उध्घाटन कार्यक्रमका सोहि विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कुमार कार्की, वडा सदस्य सरस्वती खनाल, सुशान्त श्रेष्ठ, महिला तथा वालवालिका शाखा प्रमुख सविता कुमारी श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य सरस्वती खनालले स्वागत गर्नु भएको कार्यक्रम वडा सचिव शर्मिला कुमारी शर्माले सञ्चालन गर्नु भएको थियो ।  
सम्बन्धित खबर