शुक्रवार, पौष १८, २०८२
Sancharmanch

भिष्म मिश्र द्वारा अर्जुनधाराका थप दुई विद्यालयमा हाउस ड्रेस बितरण

Posted by:
शुक्रवार, जेठ १८, २०८१
झापा/ झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ का अध्यक्ष भिष्म मिश्र द्वारा थप दुइ वटा सामुदायीक विद्यालयमा पोषाक भएको छ । वडाकै कालिस्थान मा.वि. र बालज्योति प्रा.वि.का कक्षा १ देखी ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हाउस ड्रेस वितरण गरिएको हो । वडा कार्यालय वाट विद्यार्थिहरुका लागि मात्र हैन यो अभिभावकका लागि समेत सहयोग रहेको वताउँदै वडा कार्यालयले शिक्षालाई महत्वकासाथ प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेको कालिस्थान माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शन्त तामाङले बताउनुभयो । जेठ १६ गते वडा नं. ९ बाह्रघरेमा रहेको श्री आधारभुत विद्यालयमा अध्ययन गर्ने कक्षा नर्षरी देखी ५ सम्मका विद्याथींहरुलाई हाउस ड्रेस वितरण गर्दै सुरु भएको कार्यक्रम १७ गते वडाका थप दुई विद्यालयमा वितरण गरिएको हो । पोषाक वितरणले विद्यार्थिहरलाई अध्ययनमा जागरुकता जगाउने सिवश्वास ब्यक्त गर्दै कालिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेतीले वडा अध्यक्षलाई धनयवाद ज्ञापन गर्नुभयो । कालिस्थान माध्यमिक विद्यालय वडामा सञ्चालित सामुदायीक विद्यालय मध्ये एक मात्र माध्यमिक तहको पढाई हुने विद्यालय हो । शैक्षिक गुणस्तरमा ध्यान दिइएको यो विद्यालयमा शिक्षण सिकाई कृयाकलाप प्रभावकारी बनाउदै बिद्यार्थिहरुलाई संस्कार, संस्कृतिको समेत ज्ञान दिने गरिएको रहेछ । स्थानिय सरकार सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सचेत भएर विद्यार्थिहरुसँगै रहेको वडा अध्यक्ष भिष्म मिश्रले बताउनुभयो । वडा नं. ९ खरबन्दिमा सञ्चालित बाल ज्योति प्राथमिक विद्यालयमा समेत अध्यक्ष मिश्र द्वारा कपडा वितरण गरिएको छ । शिक्षण सिकाई प्रभावकारी बनाउदै विद्यार्थीको मनोबल उच्च बनाउनका लागि वडा वाट कार्यक्रम बनाएर कार्यक्रमको आयोजना गर्नु भएकोमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विजय कुवरले अध्यक्ष मिश्रलाई धन्यवाद दिनुभयो । आर्थिक वर्ष २०८०–०८१ मा अर्जुनधारा नगरपालिका वडा नं. ९ को कार्यालय वाट सञ्चालन भएको विद्यार्थि लक्षित कार्यक्रम वाट सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुमा हौसला थपिएको छ । वडाको कार्य क्षेत्र भित्र सञ्चालित तिन वटै सामुदायीक विद्यालयलाई समान दृष्टिकोण राखेर सञ्चालन गरिएको कार्यक्रम नमुना रहेको देखिन्छ । कार्यक्रमलाई आगामि वर्ष निरन्तरता दिएर जाने वडा अध्यक्ष भिष्म मिश्रले बताउनुभयो । नगर वाट वडाले प्राप्त गरेको बजेट सिलिङ मार्फत वार्षिक कार्यक्रम अनुसार रु एक लाख पचास हजार बजेट ब्यवस्थापन गरिएको वडा अध्यक्ष भिष्म मिश्रले जानकारी दिनुभयो । सानो वजेटको परिधिमा रहेर पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुका लागि वडा कार्यालयले सञ्चालन गरेको कार्यक्रम आम नागरिकको घर आगनमा पुगेको देखिन्छ । जस्ले वडामा वास्तविक जनप्रतिनिधीको नेतृत्व रहेको आभाष दिलाएको छ ।
सम्बन्धित खबर