शुक्रवार, पौष १८, २०८२
Sancharmanch

विर्तामोडमा नेविसंघ र तरुणदलले के पि ओलिलाई खुवाए गरिबन्धुको चिया

Posted by:
आइतवार, जेठ ६, २०८१
झापा/ झापाको विर्तामोडमा नेपाल विद्यार्थि संघ झापा र नेपाल तरुणदलले नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलीलाई गिरिबन्दु टि स्टेटको चिया खुवाएका छन् । नेपाल विद्यार्थि संघ जिल्ला कार्यसमिति झापा र नेपाल तरुणदलको सम्युक्त आयोजनामा नेपालको बर्तमान चर्चित बेथितिको बिरोध गर्दै कार्यक्रमको आयोजना गरिएको हो । बाटोको किनारमा बसेर कष्टपूर्ण ब्यवसाय सञ्चालन गरिरहेका नेपालीहरुले सहकारीमा बचत गरेको रकम हिनामिनामा गृहममन्त्री रवि लामिछानेको सम्लग्नता रहेको सन्दर्भमा विवाद बढिरहेको विषयमा नेपाल बिद्यार्थि संघले नजिक बाट नियालेको बताउँदै नेपाल विद्यार्थी संघका झापा जिल्ला सभापती सन्जय निरौलाले बेथिति माथिको छानविनमा आफ्नो संगठन दृढ रहेको बताउनुभयो । कार्यक्रममा आफ्नो धारण प्रस्तुत गर्दै नेपाल तरुणदलका केन्द्रिय सदस्य राजेन्द्र उप्रेतीले गृहमन्त्री लामिछाने मिडियामा रहुन्जेल जुन अभिब्यक्ति दिनुहुन्थ्यो सोहि ढंगले सरकार अगाडि वढाउन कांग्रेसले आग्रह गर्दा किन डराउनु भएको भन्दै प्रस्न गर्नुभयो । सोहि अवसरमा केन्द्रिय सदस्य उप्रेतीले गिरिवन्दु टि स्टेट प्रा.लि.को जग्गा प्रकरणको सुरुवाती अवस्थामा नेकपा एमालेकै सरकार रहेको वताउँदै नेपाली कांग्रेसका संसदहरुलाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले हतपात गरेकोमा विरोध जनाउनु भएको थिायो । नेपाल तरुणदलका केन्द्रिय सदस्य सजेश सिवाकोटीले गिरिवन्धु टिस्टेट प्रा.लि.को जमिन २०५२ सालमा नेकपा अल्पमतको सरकार हुँदा राधाकृष्ण मैनालीले ५६ विगाहा जमिन नाष्ट टि स्टेट प्रा.लि.को नाममा अंश गरेकोनै गलत भएको बताउनुभयो । त्यस पछि २०६० सालमा तत्कालिन राज संस्थाको आडमा सूर्य वहादुर थापा प्रधानमन्त्री भएको पालामा २ वटा क्याविनेटको मिटिङ वाट विक्रि गर्न अनुमति दिएको बताउँदै २०७६ सालमा केपि शर्मा ओलीले गिरिवन्दु टि स्टेटको जमिन दुइ तिहाइको बलमा पास गरेको इतिहाँस साक्षि रहेको भन्दै नेपाली कांग्रेसको सम्लग्नता नभएको बताउनुभयो । विर्तामोडको हनुमान सेन्टर अगाडि बाट  सुरु भएको र्‍यालीले विर्तामोडको मुख्य चोक मुक्तिचोक हुँदै पश्चिममा अदुवा खोला बाट पुन मुक्तिचोक हुँदै पुरानो भद्रपुर रोडको मुख बाट पुन मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रममा प्रतिकुल मौसमका बावजुत पनि जिल्लाका एक हजार बढि विद्यार्थिको सहभागिता रहेको थियो । र्‍यालीमा सहभागि विद्यार्थिहरुले ए वि सि डि इ एफ् जि, जिवि कहाँछन रविजि ?, गिरिबन्दु टि स्टेट प्रकरण छानविन गर, सहकारी पिडितलाई न्याय दे, जिवि राई कहाँ छ ? रवि दाईलाई थाहा छ, सहकारी ठग मुर्दावाद लगायतका नारा लगाउँदै गृहमन्त्री रवि लामिछाने विरुद्ध चर्को नारावाजी गरेका थिए । कोण सभामा परिणत भएको र्‍यालीमा सहभागिहरुले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको फोटोमा चिया खुवाउँदै सांकेतिक रुपमा बिरोध जनाएका थिए । कार्यक्रम नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती झापाका सचिव गोकुल पौडेलले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर