शुक्रवार, पौष १८, २०८२
Sancharmanch

बैचारिक आस्थामाथी बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने, पूर्व मुख्यमन्त्री थापा

Posted by:
आइतवार, वैशाख ३०, २०८१
विर्तामोड ३० बैशाख । नेपाली काङ्ग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्वव थापाले बैचारिक आस्थामाथी बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा झापाको चारपानेमा आयोजित शिक्षक अभिनन्दन, सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता थापाले विद्यालय समय बाहिर शिक्षकलाई आस्था र बिचारमा आवद्ध हुन र गतिविधी गर्न रोक लगाईनु नहुने भनाई राख्नुभयो । वर्तमान  सरकारले बिचार र अभिव्यक्ति स्वतन्त्रतामा धावा बोल्न लागेकोप्रती चनाखो रहन आग्रह गर्दै पूर्व मुख्यमन्त्री थापाले बिचार र आस्था रोज्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली शिक्षकले पु¥याएको योगदानलाई सबैले स्मरण गर्नुपर्नेमा थापाले जोड दिनुभयो । नेपाल शिक्षक संघ झापाका सभापति तोयानाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा  शिक्षा बिकास समन्वय इकाई प्रमुख राजकुमार बिक, नेपाली कांग्रेस झापा उप सभापति केशवराज पाण्डे, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाइ, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्र खरेल, कृष्णमाया रिजाललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कृष्णमाया दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन देबेन्द्रचन्द्र सिंह राजवंशीले  गर्नुभएको थियो । कार्यक्रममा प्रकाशचन्द्र भण्डारीलाई अभिनन्दन गरिएको थियो भने विभिन्न विधामा ३० जना बढीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
सम्बन्धित खबर