शुक्रवार, पौष १८, २०८२
Sancharmanch

बिर्तामोड उद्योग बाणिज्य संघको सपथ ग्रहण ग्रहण साथै पद हस्तान्तरण

Posted by:
मङ्गलवार, वैशाख ११, २०८१
झापा /झापाको बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरेर सपथ ग्रहण ग्रहण साथै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटीले नव निर्वाचित अध्यक्ष राजु न्यौपानेलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरणसँगै निर्बाचन समितिका सम्योजक तथा प्रमुख अधिबक्ता नारायण प्रसाद पौडेलले नव निर्वाचित अध्यक्ष राजु न्यौपानेलाई पद तथा गोपनियताको सपथ ग्रहण ग्रहण गराउनु भएको थियो । अध्यक्षले सपथ लिईसके पछी बाँकि नव निर्वाचित सम्पूर्ण पदाधिकारी साथै सदस्यहरुलाई पुनः अध्यक्ष द्वारा सपथ ग्रहण गराइएको थियो । नौमती बाजासहित संस्कृत बिद्यालयका बिद्यार्थि द्वारा मन्त्रोउच्चारण गरेर सुभारम्भ गरिएको कार्यक्रममा बिर्तामोडमा कृयाशिल सम्पूर्ण पार्टिका भातृ संगठन साथै तिनका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी लगायत उद्योगी, ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश सिवाकोटीले आफ्नो कार्यकालमा भए गरेका उपलब्धी साथै प्रगति समिक्षा प्रस्तुत गर्नु भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम निवर्तमान महासचिव अर्जुन मैनालीले पहिलो सेसनको कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने दोश्रो सेसनका लागि निर्वाचन समितिका सदस्य केशव भट्टराई र अन्तिम सेसनको कार्यक्रम नव निर्वाचित महासचिव कुशल खतिवडाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर