मङ्गलवार, जेठ ५, २०८३
Sancharmanch

नेपाल मुस्लिम संघ झापाको आयोजनामा इद पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान

Posted by:
शनिवार, वैशाख ८, २०८१
 
बिर्तामोड । नेपाल मुस्लिम संघ झापाको आयोजनामा इद पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा    कुरान वाचन मोहम्मद चौधरी मियाले गराउनुभएको थियो ।
नेपाल मुस्लिम संघ झापाका अध्यक्ष सफिउल्ला अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अताबुल मन्सुरी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, बक्ता नेपाल मुस्लिम एतिहाद सङ्गठनका केन्द्रीय सचिव अफ्रोज खान,नेपाली कांग्रेस झापाका सदस्य सेलेतुन खातुन, विर्तामोड नगर सभापति भोजराज सिटौला, अफरोज खान, मेघराज बास्तोला, उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
ऐजाज अहमद अन्सारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन रेश्मा खातुनले गर्नुभएको सर्फराज शेखले जानकारी दिनुभयो ।
सम्बन्धित खबर