सोमवार, पौष २८, २०८२
Sancharmanch

जलवायु परिवर्तनबाट नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको छः मन्त्री बस्नेत

Posted by:
मङ्गलवार, चैत १३, २०८०
उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले जलवायु परिवर्तनका मुद्दाहरूलाई नेपालले मुख्य रुपमा उठाइरहेको बताउनु भयो । उहाँले नेपालमा रहेका हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट निम्तिएका चुनौतिहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री बस्नेतले पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको बताउनु भयो ।
सम्बन्धित खबर