आइतवार, जेठ ३, २०८३
Sancharmanch

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा महिलाहरूका लागि निशुल्क स्वास्थ्य शिविर

Posted by:
आइतवार, फागुन २७, २०८०
ज्ञानु भट्टराई/झापा/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर परिक्षण तथा महिला प्रजनन, स्वाथ्य सम्बन्धी एक दिने निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएको छ ।
आइतबार बुद्धशान्ति गाउँपालिका वडा नं १ को कार्यलय र नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्तिउप शाखाको आयोजना साथै नेपाल परिवार नियोजन सघं जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा १ दिने नि शुल्क स्वस्थ्य शिविर सन्चालन भएको थियोे । आईतबार सञ्चालन भएको शिविरमा परिवार नियोजनसँग सम्बन्धित डाक्टर प्रकृति वास्तोलाले सेवा प्रदान गर्नु भएको थियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले स्वाथ्यशाखा प्रमुख धिरेन यादब लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । शिविरमा परिक्षण गरिएका विरामिहरुमा केहि जटिल समस्या देखिएको हुँदा सुविधा सम्पन्न अस्पताल बाट सेवा लिनकालागि परामर्श समेत दिएको थियोे ।आइतबार सञ्चालन भएको स्वाथ्य शिविरमा ६२ जना महिला आमा दिदी बहिनी हरूले सेवा लिनु भएको थियो । जसमध्ये पाठेघरको मुखको क्यान्सरको संकेत ४ जनामा देखिएको थियो । त्यसै गरी ४ जनामा आङ खस्ने समस्या र परिक्षणमा सहभागि मध्ये २० प्रतिसतमा यौन जन्य संक्रमण देखिएको बताइएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा रेडक्रस सोसाइटि उपशाखा बुधबारेका पुष्पराज भट्टराईको अध्यक्षता बुद्धशान्ति गाउँपालिका भवानि प्रसाद खतिवडाको प्रमुख आतिथ्यता साथै अतिथिहरुमा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखा प्रमुख धिरेन कुमार यादव, वडा नं १ का सम्पुर्ण जनप्रतिनिधि स्वाथ्य केन्द्रका स्वाथ्यकर्मिहरुको उपस्थिति रहेको थियो । शिविर सञ्चालनका लागि बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले आर्थिक सहयोग गरेको बताइएको छ ।
सम्बन्धित खबर