मङ्गलवार, जेठ ५, २०८३
Sancharmanch

शिवसताक्षी नगरपालिका वडा नं. ३ ले दियो बेरोजगार महिलाहरुलाई शिप मुलक तालिम

Posted by:
मङ्गलवार, फागुन २२, २०८०
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ ले बेरोजगार महिलाहरुलाई शिप मुलक तालिम सञ्चालन गरेको छ । सिलाई मेसिन चलाउन जान्ने महिलाहरुका लागि झोला बनाउने तालिमको आयोजना गरेर शिप प्रदान गरेको हो । गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाको प्राविधिक सहयोगमा १ महिना सम्म सञ्चालन भएको तालिम बाट दक्ष महिलाहरुलाई प्रतिष्ठानले रोजगारी दिने साथै आफैँ उद्योग खोल्न चाहनेहरुका लागि सामग्री समेत उपलब्ध गराएर बजारिकरणमा समेत सहयोग गर्ने प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले बताउनुभयो । २० जना सहभागी महिलाहरुलाई जनहि एक हजारका दरले रकम जम्मा गराएर सञ्चालन गरिएको तालिम समापनसँगै जम्मा भएको रकम समेत फिर्ता गरिएको थियो । तालिममा सहभागिहरुको दिगोपना साथै निरन्तरताका लागि रकम डिपोजिट गराएर समापनमा फिर्ता गरिएको बडा कार्यालयले जनाएको छ । गोपाल गौरी दिगो बिकास प्रतिष्ठानसँगको सहकार्यमा वडालाई धेरै फाइदा पुगेको बताउँदै थोरै रकम बाट तालिमको आयोजना गर्न संस्थाले गरेको योगदानको वडा अध्यक्ष भाष्कर न्यौपानेले बताउनुभयो । एक महिना सम्म सञ्चालन भएको तालिम भ्याट सहित एक लाखको मात्र रहेको बताइएको छ । गोपाल गौरी दिगो विबास प्रतिष्ठानले दिएको तालिम बाट सिकेको शिपलाई जिवनमा लागु गर्न संस्थाका झापा अध्यक्ष भद्रकुमार दुमी राईले आग्रह गर्नु भयो । शिवसताक्षी नगरपालिका वडा नं. ३ का महिलाहरुका लागि एक महिना सम्म सञ्चालन भएको तालिम समापन कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानका झापा शाखा अध्यक्ष भद्रकुमार दुमी राईको अध्यक्षता रहेको थियो । तालिममा सहभागि महिलाहरुलाई प्रमाणपत्र बितरण गर्दै समापन गरिएको तालिमका लागि प्रशिक्षक उमा सिवाकोटीलाई सम्मानपत्रले सम्मानीत गरिएको थियो । वडा अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आथित्यता रहेको कार्यक्रम गोपाल गौरी दिगो बिकास प्रतिष्ठान झापा शाखाकी सचिव चन्द्रकला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर