आइतवार, फागुन ३, २०८२
Sancharmanch

झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता यस वर्ष अर्जुनधारामा

Posted by:
शनिवार, फागुन ५, २०८०
झापा / झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता यस बर्ष अर्जुनधारा नगरपालिकामा आयोजना गरिएको छ । प्रतियोगिता अर्जुनधारा नगरपालिकाको शनिश्चरे माध्यमिक विद्यालयको खेल मैदान बाट उध्घाटन गरिएको हो । प्रसान्त भण्डारीले झापा जिल्ला खेलकुद समितिको अध्यक्ष पद सम्हाले पछी बिगतमा केन्द्रिकृत खेलकुद प्रतियोगिता बिकेन्द्रित रुपमा सञ्चालन हुँदै आएको छ । गत वर्ष मात्र कनकाई नगरपालिकामा आयोजना गरिएको प्रतियोगिता यस वर्ष भने अर्जुनधारामा आयोजना गरिएको छ । गत वर्ष कनकाईमा आयोजना गरिएको जिल्ला स्तरीय खेलकुद प्रतियोगिताबाट पालिकाको पहिचानमा सहयोग पुगेको बताउँदै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले शनिश्चरेको चौतर्फि बिकासमा स्वर्गिय केशबकुमार बुढाथोकीको अतुलनिय भुमिका रहेको बताउनुभयो । खेलकुदका माध्यम बाट स्थानीय पालिकाहरुको आन्तरिक पर्यटन बिासकालागि प्रचार प्रसारमा सहयोग मिलेको छ । त्यसै गरी स्थानीय स्तरमा ब्यापार कृद्धिको राम्रो अवसर जुटेको देखिन्छ । तर खेलकुदको विकासका लागि स्थानीय पालिकाहरुले त्यति धेरै चासो दिएको पाइदैन । शािनश्चरे क्षेत्र पहिले खेलकुदको हब भएको उल्लेख गर्दै छोटो समयमा कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण ब्यवस्थापनमा ध्यान पुर्याउन नसकिएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेब सिं गोम्देनले बताउनुभयो । खेलकुदका माध्यम बाट समाजलाई लागु औषध मुक्त बनाउन केहि हद सम्म सहयोग पुग्ने देखिन्छ । युवाहरुलाई अनुशासित बनाउँदै ब्यस्त जिवन साथै स्वस्थ जिवनयापनका लागि समेत खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ । यस प्रति राज्यको ध्यान केन्द्रित हुन जरुरी छ । प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय कम भएको बताउँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मंत्रि सम्सेर राईले आगामि दिनमा दुवै सरकारको सहकार्यमा रचनात्मक योजना तथा कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । जस्ले गर्दा सुखी नेपाली समृद्ध नेपालको सपना पूराहुने पनि उहाँले प्रष्ठ पार्नुभयो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मंत्रि सम्सेर राईले रेफ्रिलाई बल दिएर उध्घाटन गरिएको प्रतियो गितामा जिल्लाका बिभिन्न विद्यालयहरुले प्रतियोगितात्मक मार्च पास गरेका थिए । सोहि अवसरमा मेचिनगरको धुलाबारीमा रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक बिद्यालयका बिद्यार्थिहरुले रोमान्चक ब्याक पाईपर प्रस्तुत गर्दै कार्यक्रमको सोभा बढाएका थिए । सोहि कार्यक्रमा बुद्धशान्ति गाउँपालिकामा रहेको एरा एभरग्रीन इङ्लिस स्कुलका बिद्यार्थिहरुले रचनात्मक शिव ताण्डब नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको बिच अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेब सिं गोम्देनलाइ सम्मान गरिएको कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन शनिश्चरे माध्यमिक बिद्यालयका शिक्षक सिएम खनालले गर्नु भएको थियो ।
सम्बन्धित खबर