मङ्गलवार, असार २४, २०८२
Sancharmanch

ब्यवसायिहरुका समस्यामा उदासीन ब्यक्तिनै उमेद्वार ?

बिहिवार, फागुन ३, २०८०
झापा/ फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि पाँच दलिय गठबन्धनको स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । बिहिबार बिर्तामोडस्थित अतिथी सदनमा हालका महाचिब अर्जुन कुमार मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । तर बिर्तामोडका ब्यवसायीहरुको समस्या समाधान गर्ने सन्दर्भमा अध्यक्ष पदका उमेद्वार भने कुनै पनी संघर्षमा कतै नदेखिएको ब्यवसायिहरुको दाबी छ । देबी बुधबारे हटियाका ब्यवसायिहरुको समस्या समाधानका दौरानमा भएका आन्दोलनमा समेत महासचिबको भुमिका के थियो भन्ने कुरा समेत गौण रहेको थियो । ब्यवसायको कर बृद्धिको विषयमा समेत मैनालीले नगरपालिकामा भएको सहमतिमा गरेको हस्ताक्षर किर्ते भएको भनिए पनि हाल सम्म पुष्टि हुन सकेको छैन । हाल सम्म किर्ते हस्ताक्षरका बिषयमा कुनै उजुरी समेत गरेका छैनन् । पाँच दलिय गठबन्धन बाट स्वतन्त्र भनिएका मैनालीको अध्यक्षता सहित, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बु, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको बताइएको छ । त्यसै गरी खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती (सुवेदी) र रिता चौधरी अग्रवाल रहेका छन् । स्वतन्त्र भनिएका उम्मेदवारहरुलाई पाँच दलले समर्थन जनाएको बताइएको छ । उम्मेदवार घोषणा कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यक्तित्व राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादीका नेता भानु दंगाल, वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्की, निर्वाचन परिचालन समिति संयोजक नेकपा एमालेका नेता तथा कोशी प्रदेशका लागि झापा बाट निर्बाचित प्रदेश संसद एकराज कार्की लगायतले मन्तव्य राखेका थिए । राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।
सम्बन्धित खबर
Top Gambling Establishments That Accept Neteller Down Payments
सोमवार, असार २३, २०८२
Online Casino Games: Find out more about Your Favorite Casino Games
सोमवार, असार २३, २०८२