सोमवार, मंसिर २, २०८२
Sancharmanch

नाम दर्ता प्रक्रिया ढिलो हुँदा सेवाग्राही असन्तुष्ट, निर्वाचन आयोगको कार्यक्षमता प्रति प्रश्न

बिहिवार, कार्तिक २८, २०८२

विकास उप्रेती, झापा / नेपाल सरकारले आगामी कार्तिक ३० गते सम्मका लागि मतदाता नामावली संकलनको समयसीमा तोकेको छ। सोही कारण अहिले देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउन सेवाग्राहीहरूको भीड लागेको छ।

तर, आज बिहान करिब १० बजेबाट मतदाता नामावलीमा नाम दर्ता गराउन र फोटो खिचाउन जिल्ला निर्वाचन कार्यालय, झापा पुगेका सेवाग्राहीहरूले सर्भरमा समस्या उत्पन्न भई काम ढिलो भएको भन्दै आपत्ति जनाएकाछन्।

सर्भरमा समस्या आउँदा सेवाग्राहीहरू मारमा परेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी, झापाका नेता सम्भु सुस्केराले निर्वाचन आयोगको कार्यक्षमता प्रति प्रश्न चिन्ह लागेको टिप्पणी गर्नुभएको छ।

सोही विषयमा प्रतिक्रिया दिँदै जिल्ला निर्वाचन कार्यालय, झापाका अधिकृत  तुलसीकुमार नेपालले सर्भरमा देखिएको समस्या समाधानका लागि आईटी शाखाका विज्ञहरु निरन्तर प्रयासरत रहेको जानकारी दिनुभयो।

यसैबीच, मतदाता नामावली संकलनका लागि बिहान र बेलुका बाहेक अनलाइन माध्यमबाट नाम दर्ता गराउन तथा फोटो खिचाउने मिति पाउन पनि कठिनाइ भएको आम नागरिकहरूले गुनासो गरेकाछन् । 

यसप्रति विज्ञहरूका अनुसार नेपाल सरकारले प्राविधिक जनशक्ति र पूर्वाधार क्षमता थप गरी नागरिकहरूलाई सहज वातावरणमा मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने देखिएको छ।

सम्बन्धित खबर