बिहिवार, पौष १७, २०८२
Sancharmanch

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान ज्याजतिपूर्ण ढंग बाट पक्राउ

Posted by:
सोमवार, पौष १६, २०८०
धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित अब्दुल खानलाई प्रहरीले ज्याजतिपूर्ण ढंगले पक्राउ गरेको छ । पक्राउ पर्नु भएका खान उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति समेत पर्नु भएको बताइएको छ । आज उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिमा विगतदेखी ओझेलमा परेको सुपारी निर्यात लगायतका विषयमा छलफल हुने मिति तय भए पनि सभापति पक्राउ परेपछी निर्णय समेत अन्योलमा परेको छ । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानलगायतलाई अमानविय ढंगले पक्राउ गरेको छ । अहिले पक्राउ परेका सबैजनालाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले ज्याजतिपूर्ण ढंगले नियन्त्रणमा लिएको हो ।  
सम्बन्धित खबर