शुक्रवार, पौष १८, २०८२
Sancharmanch

बाँस्तोला कुल सेवा समिति नेपालको १५ औँ राष्ट्रिय महाधिबेशन झापामा सम्पन्न

Posted by:
आइतवार, पौष १५, २०८०
झापा / बाँस्तोला कुल सेवा समिति नेपालको १५ औँ राष्ट्रिय महाधिबेशन झापाको बुद्धशान्तिमा सम्पन्न भएको छ । शनिबार आयोजना गरिएको महाधिबेशन निवर्तमान केन्द्रीय अध्यक्ष देवीप्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो । महाधिबेशनमा सहभागी हुन कास्की पोखराबाट झापा आउनु भएका आत्मराम बाँस्तोलाले कुल सेवा समिति नेपाल २०५० सालमा स्थापना भएको बताउँदै हाल २६ वटा जिल्लामा जिल्ला कार्य समिति विस्तार भइसकेको बताउनुभयो । हाल बाँस्तोला कुल सेवा समिति नेपालको सांगठनिक विस्तार २६ वटा जिल्लाहरुमा पुगिसकेको बताइको छ । प्रमुख अथिति झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उद्घाटन गर्नु भएको कार्यक्रम बुद्धशान्तिस्थित एक रिसोर्टमा सम्पन्न भएको छ । कास्की पोखराको फुलबारीमा गर्ग ऋषिको मन्दिर स्थापना गरेको बताउँदै बाँस्तोलाहरुको कुल पूजा लगायतका गतिविधिमा बन्धुहरुको सहभागिता रहने गरेको सहभागिताको लागि पोखरा बाट अउनुभएकी रुचिला घिमिरे बाँस्तोलाले बताउनुभयो । गर्ग ऋषिका सन्तान भनेर चिनिने बाँस्तोलाहरुको उद्गम थलो कास्कीको हेम्जा भन्ने ठाउँमा रहेको मानिन्छ । यसको पूर्णरुपमा यकिन नभए पनि यसैलाई आधार मानिएको छ । देश तथा विदेसमा रहनु भएका बाँस्तोला बन्धुहरुलाई एकतृत गर्दै संगठन मजबुत बनाइने बताइएको छ । केन्द्रीय कार्य समितिको निर्देशन अनुसार झापामा १५ औँ राष्ट्रिय महाधिबेशनको आयोजना गरिएको बाँस्तोला कुल सेवा समिति झापाका सचिब बालकृष्ण बाँस्तोलाले बताउनुभयो । बाँस्तोला कुल सेवा समिति नेपालको १५ औँ राष्ट्रिय महाधिबेशन केहि वर्ष अघिनै आयोजना गर्नु पर्ने भए पनि कोरोना महामारीका कारण सञ्चालनमा समस्या भएको बताउँदै निबर्तमान केन्द्रिय अध्यक्ष देबी प्रसाद बाँस्तोलाले पालो अनुसार झामा महाधिवेसनको आयोजना गरिएको बताउनुभयो । बाँस्तोला कुल सेवा समिति नेपालको १५ औँ राष्ट्रिय महाधिबेशनबाट केन्द्रीय कार्यसमितिसमेत चयन गरिएको छ । जस अन्तर्गत अध्यक्षमा कास्की पोखरा फुलबारीबाट बिश्वराज बाँस्तोला तथा बरिष्ठ उपाध्यक्षमा लमजुङबाट भोजराज बाँस्तोला चयन हुनुभएको छ । विधानत हरेक प्रदेशबाट एक÷एक जना उपाध्यक्ष रहने ब्यवस्था अनुसार सुनसरीबाट भगिरथ बाँस्तोला, काठमाण्डौँबाट शम्भुहरि बाँस्तोला, कास्की पोखराबाट शिवकुमार बाँस्तोला, कास्की लेखनाथबाट बुद्धिनाथ बाँस्तोला, सुर्खेतबाट यामलाल बाँस्तोला रहनु भएको छ । साथै बाँकी उपाध्यक्षका खाली पदका लागि जिल्ला स्तरिय कुल सेवा समिति विस्तार गर्दै मनोनयन गरिने पनि बताइएको छ । महासचिवमा चिना बाँस्तोला सोलुखुम्बुबाट हुनुहुन्छ । त्यसैगरी विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोला सचिव पदमा निर्विरोध चयन हुनु भएको छ । कोषाध्यक्ष ललितपुरबाट टंक प्रसाद बाँस्तोला, सहकोषध्यक्षमा पर्वतबाट रजनी बाँस्तोला चयन हुनुभएको छ ।
सम्बन्धित खबर