शुक्रवार, पौष १८, २०८२
Sancharmanch

सञ्चालकको गलत गतिविधीका कारण सहकारी अभियानमाथि नै प्रश्न चिन्ह खडा भयो सभामुख देवराज घिमिरे।

Posted by:
सोमवार, मंसिर १८, २०८०
बिर्तामोड । झापाको विर्तामोड  स्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाको १४औँ बार्षिक साधारणसभा तथा ५औँ अधिवेशन कार्यक्रमका प्रमुख अतिथिको रुपमा सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले केहि सहकारीका सञ्चालकको गलत गतिविधीका कारण सहकारी अभियानमाथि नै प्रश्न खडा भएको बताउनुभएको छ । सरकारको तीन खम्बे अर्थनीति भित्रको सहकारीहरुका कारण बैंक पुग्न नसकेको ग्रामिण क्षेत्रमा समेत वित्तीय गतिविधी भइरहेको उहाँले बताउनुभयो । पछिल्लो समय सहकारीहरुले अन्तर्राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरेर अनुभव हासिल गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयोे । उहाँले केहि व्यक्तिहरु आफुले लिएको ऋण तिर्नुपर्दैन भन्दै व्यवस्था विरुद्धको अभियानमा लागेको बताउनुभयो । सभामुख घिमिरेले आउँदो हिउँदे अधिवेशनमा सहकारीका समस्या समाधान गर्ने गरी सहकारीमैत्री ऐन सदनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
सम्बन्धित खबर