बुद्धशान्ति -४ स्थित टिमाई सामुदायिक भवनमा आयोजनामा भएको बन्ध्याकरण शिविर नेपाल एग्री लाइभष्टक ट्रेनिक एण्ड रिसर्च सेन्टर इटहरी ,सुनसरी र नेपाल भेटेरिनगरी एशोसिएसन कोशी प्रदेशको प्रविधि सहयोगमा सम्पन्न भएको हो ।
यस शिविरको मुख्य उदेश्य भनेको सामुदायिक कुकुरको जनसंख्या नियन्त्रण र रेबिज रोग नियन्त्रण गर्नु रहेको बुद्धशान्ति गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखा प्रमुख कैलाश सिंहले जानकारी दिएका छन् ।यस शिविर बाट ९५ सामुदायिक कुकुर र ५२ घरपालुवा कुकुर गरि १४७ कुकुर को बन्ध्याकरण गरिएको हो।










