आइतवार, जेठ ३, २०८३
Sancharmanch

नेपाल महिला संघलाई पूर्णता दिइयो

Posted by:
बिहिवार, भदौ २१, २०८०
बिर्तामोड भदौ । नेपाल महिला संघ झापाको तदर्थ समितिलाई पूर्णता दिइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यालय विर्तामोडमा बुधबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य र पार्टीका पदाधिकारी एवं महिला संघका प्रतिनिधिहरुको संयुक्त भेलाले ३१ सदस्यीय तदर्थ समिति गठन गरेको हो । यसअघि नेपाल महिला संघ केन्द्रीय समितिले टिका सिटौला मैनालीलाई नेपाल महिला संघ झापाको अध्यक्षमा मनोनित गरेको थियो । मैनालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा शर्मिला अधिकारी र नौताली राजवंशी, सचिवमा उर्मिला ढकाल पोखरेल र बर्षा श्रेष्ठ, सहसचिवमा गिता ओडारी र मिता सिटौला, कोषाध्यक्षमा निर्मला कार्की मैनाली रहनुभएको छ । समितिका सदस्यहरुमा रेखा अधिकारी, एन्जला प्रधान, हरिमाया सुवेदी, लक्ष्मी पौड्याल, कमला श्रेष्ठ, सिता सुवेदी बास्कोटा, अनुपमा आचार्य, कोशी राई, कञ्चना सिटौला, यामकुमारी (गिता) नेम्बाङ, शिला खड्का, कोकिला खनाल, समता कार्की दाहाल, झुमरी हेमरम, सिर्जना बस्नेत, विष्णु उप्रेती, बसुन्धरा थपलिया, सुनिता आचार्य, यसोदा भट्टराई, निर्मला रिमाल, गिता अधिकारी, शान्ता दाहाल र सन्जु थापा रहेका छन् । नवगठित समितिलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापा सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, सहसचिव कमल भण्डारी लगायतले शुभकामना एवं बधाई ज्ञापन गर्दै सफल र रचनात्मक कार्यकालको कामना गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर