मङ्गलवार, मंसिर ३, २०८२
Sancharmanch

बिर्तामोड नगरपालिका वडा नम्बर १मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम सम्पन्न

शनिवार, वैशाख ९, २०८०
बिर्तामोड नगरपालिका वडा नम्बर १मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको आयोजनामा आज शुक्रवार भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जना भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसंग लड्ने शक्तिप्राप्त औषधी निशुल्क वितरण गरीएको छ । बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेकाकारण  आयुर्वेदिक चुर्ण वितरण गरीएको कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना ज्ेष्ठ नागरिकलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ वडा नम्बर १ का ८९ वर्षिय जयप्रसाद खरेल र ८७ वर्षिय खग प्रसाद आचार्यलाई औषधी प्रदान गरिएको हो । कार्यक्रममा निवर्तमान जनप्रतिनिधि प्रेमकुमार खरेल, वडा सचिब टिका अधिकारीको पनि उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर