आइतवार, पौष २७, २०८२
Sancharmanch

गोपाल गौरीले सम्पन्न गर्यो ३९० घण्टाको सिलाई कटाई तालिम

Posted by:
सोमवार, पौष १८, २०७९
झापा, झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का १५ विपन्न परिवारका नागरिकहरुकालागि ३९० घण्टाको सिलाई कटाई तालिम सम्पन्न भएकोछ । सिप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोगमा सञ्चालित तालिम वाट १५ जना महिलाले सिप हाँसिल गरेका छन । छोटो अवधिको तालिम वाट पुर्ण ब्यवसायिक हुने गरी सिप सिक्ने मौका नमिलेको सहभागिहरुले वताएका छन । थप सिप हाँसिल गर्दै पुर्ण ब्यवसायी वन्नका लागि एड्भान्स तालिमको आयोजना गर्न आवश्यक रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठाकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्मा (गौतम) ले वताउनु भयो । तालिममा प्रशिक्षकको भुमिकामा रहनु भएकी वन्दना रिजालले तालिमको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आथित्यमा सञ्चालित कार्यक्रममा सिप विकास केन्द्र भद्रपुरका कार्यालय प्रमुख कृष्णा श्रेष्ठले आगामि माघ महिनामा एड्भान्स तालिमको लागि सूचना प्रकाशन हुने पताउँदै सो समयमा निवेदन पेश गर्न समेत अनुरोध गर्नु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै थप तालिमको लागि सम्वन्धित निकायमा पहल गर्ने साथै वडा वाट पुर्ण साथ र सहयोग गर्ने वडा अध्यक्ष खुलालले प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा शिवसताक्षी नगरपालिका पुर्व नगर उप प्रमुख भोजकुमारी नेपाल लगायत वडाका वाहाल वाला सदस्यहरुसमेतको उपस्थिती रहेको थियो भने कार्यक्रम प्रतिष्ठानकी कर्मचारी नर्वदा दाहालले गर्नु भएको थियो ।
सम्बन्धित खबर