आइतवार, पौष २७, २०८२
Sancharmanch

नेपाली कांग्रेसद्वरा स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको जानकारि

Posted by:
सोमवार, जेठ ९, २०७९

२०७९ बैशाख ०९ / सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले तालमेलका क्रममा कांग्रेसका साथै गठबन्धन दलहरुले पनि सफलता हासिल गरेको दावी गर्नुभयो । उहाले गठबन्धनसंग डराएर एमालेले केहि स्थानमा धाँधली गरेको आरोप लगाउनुभयो । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका केन्द्रीय नेताकै संलग्नतामा जबरजस्ती थर्काएर मतपेटिका जिल्ला पुराइएको र कांग्रेसले स्वीकार गर्ने अवस्था नरहेको उहाले बताउनुभयो । उहाले उक्त स्थानमा कुनै प्रभावमा नपरी पुन निर्वाचन गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको धारणा राख्नुभयो । त्यस्तै उहाले पार्टीमा अन्तर्घातको समस्या समाधान नभएको भन्दै पार्टीमा अन्तर्घात नभइदिएको भए चार सय तहमा जित हासिल गर्ने जिकिर गर्नुभयो ।त्यस्तै उहाले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय मूल्यवृद्धि नेपालको नियन्त्रण भन्दा बाहिर रहेको र अझै पनि सरकारले धेरै ठूलो अनुदान सरकारले दिइरहेको बताउनुभयो । उहाले जनतालाई कम असर पर्ने गरि काम गर्नुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताउनुभयो ।कांग्रेस नेतृत्वको सरकार जनतालाई मूल्यवृद्धिको मार नपर्ने अवस्था बनाउन हरप्रयास गरिरहेको पनि उहाले बताउनुभयो ।

सम्बन्धित खबर