बुधवार, फागुन २०, २०८२
Sancharmanch

सन्धिखर्कमा सञ्चारकर्मी खाँनमाथि एमाले कार्यकर्ताले गरे आक्रमण

Posted by:
शुक्रवार, वैशाख ३०, २०७९

२०७९ बैसाख ३०/ अर्घाखाँची। सन्धिखर्कमा नेकपा (एमाले)का कार्यकर्ताले पत्रकार हलिम खाँनमाथि आक्रमण गरेका छन्। शुक्रबार सन्धिखर्क– २ स्थित मतदानस्थल पुगेका पत्रकार खाँनमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। वडास्तरीय सर्वदलीय बैठककाे निर्णयअनुसार मतदान केन्द्रकाे ३ सय मिटर वरपर पार्टीका कार्यकर्ताहरू बस्ने नमिल्ने भएकाे थियाे। तर, नियमकाे धज्जी उडाउँदै एमाले कार्यकर्ताहरू मतदान केन्द्रकाे गेटमै पुगेपछि साेधपुच्छ गर्न पुगेका पत्रकार खाँनमाथि आक्रमण भएकाे प्रत्येक्षदर्शीले बताएका छन्। ‘म निर्वाचनबारे बुझ्न त्यहाँ गएकाे थिएँ तर निर्वाचनकाे आचारसंहिता नै उल्लंघन गरेर बसेका साथीहरूले ममाथि आक्रमण गर्नुभयाे,’ खाँनले बिएल नेपाली सेवासँगकाे छाेटाे टेलिफाेन कुराकानीमा भने। घटनाबारे बुझ्न खाेज्दा यस विषयलाई गम्भीरतापूर्वक लिइएकाे प्रहरीले जनाएकाे छ।

सम्बन्धित खबर