२०७९ बैसाख ३०/ बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफुले विजय हाँसिल गरे भोलि पल्ट वाटै जनताका बाँकिरहेका विकास निर्माण तथा अधुरा योजना पुरा गर्न लागि पर्ने विर्तामोड नगरपालिका वडा नं। ४ वाट नेपाली कांग्रेसका अध्यक्ष पदका उमेद्वार कुल प्रसाद संग्रौला प्रतिवद्धता जनाउनु भएको छ । आज भएको वडा नं। ४ को घरदैलो कार्यक्रममा टोल वासीलाई संवोधन गर्दै वडा अध्यक्ष पदका उमेद्वार सग्रौलाले त्यस्तो प्रतिवद्धता जनाउनु भएको हो । उहाँले भन्नु भयो अघिल्लो कार्यकालमा काम गर्दा गर्दै २० वर्ष सम्म विकासको पर्खाइका क्षेत्रहरु संवोधन गर्दा गर्दै समय वितेको हुँदा सम्पुर्णआवश्यकताको संवोधन गर्न सकिएको छैन, आगामि कार्यकालमा वाँकि रहेका आवस्यकताहरु संवोधन गर्दै काम थालेर अधुरा रहेका योजनाहरु पुरा गर्न लागि पर्छु ।स्थानिय चुनावको माहोल तातिएको वेला सवै पाटिका उमेद्वारहरु आ आफ्नै तवरले प्रचार प्रसारमा जुटेका छन । तर वडा अध्यक्ष संग्रौला भने प्रचारमा भन्दा पनि आम नागरिकका समस्या कति संवोधन गर्न सकियो कति वाँकि रहेका छन भनेर वडाका सम्पुर्ण टोलको अवलोकन पश्चात आम नागरिकको घर घर सम्म पुगेर आशिर्वादका साथ चुनावि मैदानमा उत्रिनु भएको छ । वितेको ५ वर्ष पाटि भन्दा पनि नागरिका आवश्यकता र समस्यालाई संवोधन गर्दै निस्कलंक रुपमा वडाको सेवा गर्दै समय ब्यतित गर्नु भएका अध्यक्ष संग्रौलाको पक्षमा जन लहर रहेको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भनाई छ । पाटिगत स्वार्थ भन्दा माथि उठेर वडावासीको सेवामा समर्पित संग्रौलाले ५ वर्षे कार्यकालमा अन्य ४ जना सदस्यहरु अन्तरपाटी वाट निर्वाचित भए पनि समान ब्यवहार गरेको नेपाली कांग्रेस वाहेकका अन्य नेता तथा कार्यकर्ताले भन्ने गरेका छन ।










