आइतवार, असार १५, २०८२
Sancharmanch

नेपाली कथानक चलचित्र “लुङा” एक समारोह बिच कृष्णचित्र मन्दिर विर्तामोडमा प्रीमियर शो सम्पन्न

आइतवार, चैत २०, २०७८

२०७८ चैत्र २० विर्तामोड, शेखर राई (श्याम) केहि समयबाट आरालो लागेको नेपाली चलचित्रको अवस्था पुनः उठाउने उदेश्यले प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र “लुङा” एक समारोह बिच कृष्णचित्र मन्दिर विर्तामोडमा प्रीमियर शो सम्पन्न गरियो ।
भब्य दर्शक माझ प्रीमियर भएको उक्त चलचित्रमा पूर्वि भेगमा रहेका जनजीवनको कथालाई देख्न सकिन्छ ।
बरिष्ठ चलचित्र निर्देशक मिलन चाम्सले प्रविधिक र कथा बस्तुको हिसाबले अहिले चलिरहेको ईन्डियन ईसाउथ चलचित्रको पोलिसीमा आगाडी बडाउनु पर्नेमा जोड दिदै चलचित्रका सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्नु भएको थियो । चलचित्रका पूतुतकर्ता ज्योति राज राई र निर्देशक किरण राईले चलचित्रको कथा बस्तुमा आफ्नो राय राख्नु भएको थियो ।

ज्योतिराज राईको प्रस्तुती रहेको चलचित्र भुमिसा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। मल्टी टाइलेनट किरण राईको निर्देशन, सम्पादन र छायाँकन रहेको चलचित्रमा दूई वटा गितमा बादल लिम्बु र आयुष प्रधानको संगीत भरेका हुन। चलचित्रको कथा भुवन सिंह राईले लेखेका छन, भने पटकथा सम्बाद प्रयास घिमिरे र निश्चल सापकोटाको संयुक्त रहेको छ । यस चलचित्रका कथा बस्तु सम्पूर्ण मूल्याङन गरि निर्माण गर्ने आट सञ्जिब राई, शाान्ता पौडेल, मनिसा पाठक, मेनुका घिमिरेले गरेका छन । भुवन सिंह राई, सारा राई, बुद्धि तामाङ, भिम शेर्मा लिम्बू, प्रकास दहाल सुदिप जंङ कार्की आदि कालाकारले यस चलचित्रको कथा पूर्ण ब्यूत्यने काम गरेका छन् ।

सम्बन्धित खबर