
संघ, प्रदेश तथा स्थानिय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउ विजनको उत्पादन, आपुर्ति तथा वितरण प्रणालिको सुदृढीकरण तथा स्वदेशी जातको प्रवद्र्धन गर्न स्वीकृत बीउ विजन उत्पादन, आपुर्ति तथा ब्यवस्थापन निर्देशिका, २०७८ बमोजिम चालु आर्थिक वर्ष २०७८/०७९ मा सङ्घिय शसर्त बजेट मार्फत कार्यक्रम तथा बजेट विनियोजन भएकाले उन्नत बीय प्रयोगकर्ता कृषकलाई उन्नत बीउमा ५० प्रतिसत मूल्य अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषक समुह तथा कृषि सहकारीहरुले धानको उन्नत बीउ मिति २०७८/१२/२० गते भित्र शिवसताक्षी नगरपालिका कृषि विकास शाखामा माग पेश गर्नुहुन सम्पुर्णमा सूचित गरिन्छ ।
सर्त तथा बन्देज
१, उन्नत बीउ उपयोगमा मुल्य अनुदान उपलब्ध हुने धानका जात/मुल्य/अनुदान देहाय बमोजिम हुनेछ ।
(क) मसिना तथा बास्नादार तथा खुमल श्रृंखलाका जातहरु :– लल्का बास्मती, खुमल–४, खुमल–१०, खुमल–११, खुमल–१२, खुमल–१३, खुमल–१४, सुद्धोधन कालानमक ।
उन्नत बीउको मूल्य रु प्रति के.जी. :– रु.१०२।–
अन्य जातहरु :- बहुगुणी–१, बहुगाुणी–२, स्वर्ण सव–१, चैते–५, मकवानपुर–१, हर्दिनाथ–३, चैते–२, सावित्रि, राधा–४, राधा–११, राधा–१२, राधा–१४, सुख्खा धान–१, सुख्खा धान–३, सुख्खा धान–६, हर्दिनाथ बोरो धान–१, सुनौलो सुगन्धा, हर्दिनाथ साँवा मन्सुली सव–१ ।
उन्नत बीउ प्रयोगकर्ता कृषकलाई उपलब्ध हुने अनुदान :– यस सुचनामा उल्लेखित मुल्य(रु.१०२ र रु ७२ प्रति के.जि.) का आधारमा निर्देशिकाको दफा १० उपदफा ५ को खण्ड (छ), (ज) तथा (झ) अनुसार कायम हुने मुल्यको ५० प्रतिसत ।
संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु :-
१) माग निवेदन
२) सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र ।
३) निवेदको नागरिकता र जग्गा धनिपूर्जा प्रमाण पत्रको प्रतिलिपि÷भाडा वा अधिया/ठेक्का लिएको भए सम्झौता पत्र साथै सम्पति कर तिरेको रसिदको प्रतिलिपि ।
४) समुह/संस्था दर्ता तथा नविकरण प्रमाण पत्र साथै पान वा भ्याट प्रमाण पत्रको प्रतिलिपि ।
५) निवेदकको नागरीकता र संस्थाको बैठकको निर्णयको प्रतिलिपि साथै कार्यक्रम कार्यान्वयन गर्न अख्तियारीको निर्णय ।
६) आर्थिक वर्ष २)७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
शिवसताक्षी नगरपालिका कृषि विकास शाखा, झापा ।










