मङ्गलवार, पौष २९, २०८२
Sancharmanch

महिला हिंसाको घटना बढ्दै गएको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन

Posted by:
मङ्गलवार, चैत १, २०७८

मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ । मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले तिमिहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सीने, ’छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ लगाएतका प्लकार्ड प्रदर्शन गरेका थिए ।पछिल्लो समय बालबालिका तथा महिलाहरु असुरक्षित भएको भन्दै राज्यले गम्भीर रुपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिउको संगठनले जनाएको छ ।

सम्बन्धित खबर