मङ्गलवार, पौष २९, २०८२
Sancharmanch

लिखित परीक्षामा उत्तीर्ण नायब सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता आह्वान आह्वान गर्न माग

Posted by:
आइतवार, फागुन २९, २०७८

२०७८ फागुन २९/ २०७६ सालको लिखित परीक्षामा उत्तीर्ण नायब सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता आह्वान गर्न माग गर्दै लोकसेवा कार्यालयको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भइसक्दा पनि अन्तर्वार्ता अनिश्चित भएको भन्दै उनीहरूले आइतबार धर्ना दिएका हुन् । उम्मेदवारहरूले लोकसेवाको उदासीनताका कारण आफूहरूको भविष्य अन्यौलमा परेको बताएका छन् । यसअघि अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उम्मेद्वार पदम खत्रीले बताउनुभयो ।आयोगका प्रवक्ता तोयनारायण सुवेदीले सर्वोच्चको आदेशका कारणहरु परिक्षाहरु रोकिएको जानकारी दिनुभयो ।उम्मेदवारहरूले आफ्ना जायज मागलाई राज्यले कुनै सुनुवाई नगरेको भन्दै गुनासो गरेका छन् ।

सम्बन्धित खबर